ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन जना मन्त्रीले आजै शपथ लिने


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   २ : ३५   बजे

काठमाडौं २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। ससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार नै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन्।

जस अनुसार नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा पुर्‍याएर फर्किएका छन्। सोमबार बिहानभर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डल राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्यालको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम बुझाएर फर्किएका प्रधानमन्त्री प्रचण्ड नयाँ गठबन्धनका दलहरूबीच लिखित सहमतिको तयारी अघि बढाएका छन्।

प्रधानमन्त्री प्रचण्डले आजै साँझ नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी रहेको स्रोतले जानकारी दियो।  त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट रवि लामिछानेको नाम पनि मन्त्री बन्ने लगभग निश्चित छ।

तर, उनीहरूको शपथ भने आज नहुने भएको छ। ‘आजै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन हुन्छ, तीनजनाले आज शपथ लिनुहुन्छ,’ स्रोतले भन्यो, छअन्य मन्त्रीहरूको शपथ दलहरूबीचको सहमतिपछि मात्रै टुंगिन्छ।’

तामाङ नुवाकोट–१ बाट प्रतिनिधिसभा निर्वाचन जितेर संघीय संसद्मा प्रवेश गरेका थिए। त्यस्तै, गिरी पर्वतबाट प्रतिनिधिसभा निर्वाचित सांसद हुन भने अर्याल रास्वपाका समानुपातिकतर्फका सांसद हुन्।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गत ल्होछारमा टुँडिखेलमा आयोजित कार्यक्रममा बागमतीबाटै तामाङ समुदायको मन्त्री बनाउने वाचा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group