ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ताको भागबन्डा मिलाउनको लागि चार सदस्यीय कार्यदल


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ४ : २७   बजे

काठमाडौं २१ फागुन । सोमबार पुनर्जीवित भएको नेकपा एमालेसहितको नयाँ गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल बनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले उक्त कार्यदल बनाएको हो।

यो कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन अनन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्।

चार सदस्यीय यो कार्यदलले नयाँ गठबन्धनमा आन्तरिक छलफल गरेर शक्ति बाँडफाँटको समेत टुंगो गर्नेछ।

त्यस्तै मन्त्रालय भागबन्डासहितका विषयमा लागि यो कार्यदलले नयाँ गठबन्धनका सबै दलसँग पहल गर्ने बताइएको छ।

यो कार्यदलले मन्त्रालयको बाँडफाँट गरेर त्यहीअनुसार सत्ता सहकार्य अघि बढाउने गरी शीर्ष नेताहरूमा प्रतिवेदन दिने भएको छ।

एमालेसहितको गठबन्धन फर्कि‌एपछि सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्रीको शपथ लिने भएका छन्।

कार्यदलमा रहेका यी चारैजना नेताहरू पनि नयाँ गठबन्धनबाट मन्त्रीका दाबेदार हुन्। पौडेल र पुनमध्ये एकजना अर्थमन्त्री हुने निश्चित छ।

उता रास्वपा सभापति लामिछानेले फेरि गृहमन्त्रालयमा दाबी गरेका छन्। यसबारे टुंगो गर्ने जिम्मा प्रचण्डले ओलीलाई दिएका छन्।

कार्यदलमा रहेकासहित केही सिनियर नेताहरूले भने दोस्रो चरणमा मन्त्रीको शपथ लिने भएका छन्। कार्यदलको जिम्मेवारी पूरा गरिसकेपछि मात्रै अर्को चरणमा उनीहरूले मन्त्रीको जिम्मेवारी सम्हाल्ने एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group