ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोबिता गौतम- सरकारले किसानको घाउमा मलम लगाओस्


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   ४ : २३   बजे

काठमाडौं १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले सरकारले किसानको समस्या बुझेर समाधान गर्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसअघि समेत आफूले कृषि र किसानका विषय उठाएको उल्लेख गर्दै नवगठित सरकारको पनि गम्भीर ध्यानाकर्षण गर्न चाहेको बताइन् ।

‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्नै सकेको छैन’ उनले भनिन् । किसान समस्यै समस्यामा रहेको सांसद गौतमको भनाइ छ । उनी थप्छिन्, ‘बिउ बिजनमा त्यतिकै समस्या छ । बल्ल–बल्ल बिउ बिजन पाएर रोपे मलको समस्या, मल पाए सिँचाइको समस्या, बाली उम्रिए रोगको समस्या, योबाट पार लागेर उब्जनी भए बजारको समस्या । किसान जसरी पनि पीडामा छन् ।’

बालीमा आधारित किसानको मात्र नभएर दूध किसान, मह किसान, मासु उत्पादन गर्ने किसानको पीडा पनि त्यतिकै रहेको भन्दै गौतमले सरकारको ध्यानाकर्षण गराएकी छन् । लामो समयदेखि भुक्तानी नपाएका कारण किसानहरू रुँदै बस्नु परेको उनको भनाइ छ ।

नेपालको समग्र कृषि प्रणाली नै सङ्क्रमित र प्रदूषित बनेको भन्दै उनले यसतर्फ सरकारले ख्याल गर्नुपर्ने बताइन् । ‘२०३० को दशकमा धान बेचेर प्रमुख आम्दानी गर्ने मुलुक अहिले वार्षिक ४५ अर्ब हाराहारीको धान, चामल र कनिका किनिरहेको छ’ सांसद गौतम भन्छिन्, ‘छिटोभन्दा छिटो कृषकहरूको भुक्तानी होस् र सरकारले कृषकको घाउमा मलम लगाओस् । तथ्यांकको आधारमा दीर्घकालीन कृषि नीति तय गरियोस् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group