ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्मीविरुद्ध हेल्प नेपाल घरेलु भलिबल इतिहासकै एक उत्कृष्ट फाइनल


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ११ : २५   बजे

काठमाडौं ११ चैत । शनिबार राइट टु प्रोटिनहाफ म्याराथनले बिहानैदेखि दशरथ रंगशाला क्षेत्रको रौनक अर्कै थियो । हाफ म्याराथन सकिएपछि आरबीबी आठौं एनभीए राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिला र पुरुषतर्फ फाइनल हुँदै थियो । महिलातर्फ नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल बीचको फाइनलमा नै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहल हाउसफुल हुन पुग्यो । ३(१ को सेटमा जित्दै एभरेष्ट च्याम्पियन बन्यो ।

कभर्डहलमा खुट्टा टिक्ने ठाउँ थिएन । तर पनि भलिबल संघले टिकट बिक्री गर्न छाडेको थिएन । दिउँसो तीन बजे टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच फाइनल भिडन्त थियो । उक्त फाइनललाई भलिबल समर्थकले भारत र पाकिस्तान बीचको खेलको रुपमा समेत हेरेका थिए । तीन पाकिस्तानी खेलाडी उस्मान, फखारउदीन र कासिफ नविद हेल्प नेपालमा थिए । आर्मीमा नेपाली भलिबलका कप्तान मानबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, हरि अधिकारी र दुर्गा खड्का सिनियर टोलीका खेलाडी थिए ।

फाइनल निर्धारित समयभन्दा एक घण्टा पछि सुरु भएको थियो । पहिलो सेट आर्मीले २५(२० ले जितेको थियो । हेल्प नेपालको यो अपेक्षाभन्दा खराब प्रदर्शन थियो । आर्मी सुरुवातदेखि नै फरक स्वभावमा मैदान उत्रेको थियो । अझ पाकिस्तानी खेलाडीको रणनीतिविरुद्ध राम्रो होमवर्क पनि गरेको थियो । त्यसैले स्पाइक फ्रन्टलाइनबाट हान्दै लगातार अंक जोडेको थियो ।

दोस्रो सेटमा हेल्प नेपाल १४र९ ले पछि परेपछि प्रशिक्षक उत्सव खड्काले दुई पाकिस्तानी खेलाडी फखार र कासिफलाई बाहिर राख्ने निर्णय लिएका थिए । ती दुई खेलाडी विश्रामपछि फर्किंदा हेल्प नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो । २२(२२ बराबर गर्न सफल भएको थियो । त्यसपछि प्रतिस्पर्धा उच्च भयो । खेल २५(२५ बराबरसम्म पुगेको थियो । त्यसपछि हेल्प नेपालले लगातार दुई अंक जोड्दै दोस्रो सेट २७(२५ ले जितेको थियो ।

तेस्रो सेटमा पनि कडा प्रतिस्पर्धा भए पनि अन्तिममा लगातार दुई अंक जोड्दै आर्मीले २५(२३ ले जितेको थियो । चौथो सेटमा आर्मी सुरुवातमा ८(० ले पछि थियो । आर्मीले उत्कृष्ट पुनरागमन गरेपछि खेल थप रोचक बन्यो । जित्नैपर्ने सेटमा हेल्प नेपालले २९(२७ मा पुगेर जितेको थियो ।

पाँचौं सेटमा त झन् उच्च प्रतिस्पर्धा भयो । पाँचौं सेट १५ मा सकिनु पर्ने थियो । कुनै पनि टोली हार मान्न तयार थिएनन् । २०(२० को बराबरी अवस्थासम्म पुगेको थियो । भलिबल फाइनल वा अन्तिम सेटमा यस किसिमको प्रतिस्पर्धा बिरलै देख्न पाइन्छ । अन्तिममा हेल्प नेपालले २२(२० ले जित्दै खेल र उपाधि जितेको थियो । हेल्प नेपालले उपाधि जित्यो अनि आर्मीले मन जित्यो ।

‘खेलमा अन्तिम ३० सेकेन्डमा पनि कसले जित्छ भनेर थाहा थिएन । साँच्चिकै फाइनल जस्तो खेल भयो । उपविजेता हुँदा हामीले चित्त बुझाउनै पर्छ’, आर्मीका स्पाइकर मानबहादुर श्रेष्ठले भने । त्यसैमा थपे, ‘समर्थकले विश्वास गर्न सक्नु भएको छैन होला । त्यसको लागि म क्षमा माग्न चाहन्छु ।’

‘पक्कै पनि घरेलु भलिबल इतिहासकै एक उत्कृष्ट फाइनल भन्न सकिन्छ । हेल्प नेपालमा तीन अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो । प्रतिस्पर्धा सबैले देख्नु भयो । गत वर्ष हामीले सोझो सेटमा हारेका थियौं, मानबहादुरले भने । उनले थपे, ‘आज टिमको योजना अनुसार प्रदर्शन आएको थियो । अन्तिम ३० सकेन्ड हुँदा हामीले अलिकति सम्हाल्न सकिएन । त्यसैले अलिकति गाह्रो भयो हामीलाई ।’

मौसमी परिवर्तनले मानबहादुर प्रतियोगिता सुरुदेखि नै खासै पूर्णरुपमा फिट थिएनन् । उनका अनुसार दुई पटक विरामी भएर फिट भएका थिए । सेमिफाइनल खेलमा शुक्रबार नेपाल पुलिस क्लबविरुद्ध पहिलो सेटमा केही समय बेन्चमा समेत बस्नु परेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group