ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जितः आयरल्यान्ड ६ विकेटले पराजित


एबीसी न्यूज
१२ चैत्र २०८०, सोमबार   ४ : ०९   बजे

काठमाडौं, १२ चैत्र ।  पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। आयरल्यान्ड दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे। कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हिर्काए। त्यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान गरे। उनले ३ चौका र २ छक्का प्रहार गरे।

तर नेपालले चौथो ओभरमा दुई विकेट गुमाएको थियो। दोस्रो बलमा आसिफ शेखलाई १० रन र चौथो बलमा रोहित पौडेललाई शून्यमा गुमाएको हो। दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरे। आसिफ एलबिडब्लूको धरापमा पर्दा रोहित विकेट पछाडि समातिए। लगत्तै अर्को ओभरमा गुल्सन झा ४ रनमा आउट भए। नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। भोलि आयरल्यान्डसँग दोस्रो टी(२० खेलेपछि नेपाली टिम भारत जानेछ। कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी–२० र तीन एकदिवसीय खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu