ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य


एबीसी न्यूज
१६ चैत्र २०८०, शुक्रबार   ३ : ०९   बजे

काठमाडौं १६ चैत । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले टी–२० सिरिजको पहिलो खेलमा नेपाल ुएु टोलीसामु जितका लागि २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।

दोस्रो विकेटका लागि ओपनर पिटर मुर र केड कारमिचेलले ८८ रनको साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो।

 

२९ बलमा ४ चौका र १ छक्का हान्दै ३८ रन बनाएका केडलाई १० औँ ओभरको अन्तिम बलमा सागर ढकालले एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेका थिए।

अर्का ओपनर पिटर मुर अर्धशतक बनाउनबाट चुके। ३२ बलमा ४ चौका र ३ छक्का हानेका पिटर ४९ रन बनाउँदा आरिफ शेखको बलमा बोल्ड आउट भए।

गाभिन होए १८ र ग्यारेथ डिलानी ३० रनमा अविजित रहे।

कप्तान निक रक ३८ रन बनाउँदा क्याच आउट भए। २३ बलमा १ चौका र ३ छक्का हानेका निकलाई कमलले नै पेभेलियनको बाटो देखाए।

आयरल्यान्डले पहिले विकेटका रुपमा ओपनर रोस अडाएरलाई २ रनमै गुमाएको थियो।

स्टेफन डोहेने ३४ रन बनाउँदा कमल ऐरीको बलमा सागर ढकालको हातबाट क्याच आउट भए।

आयरल्यान्डविरुद्धको खेलबाट नेपाली टोलीमा पुनरागमन गरेका कमलले आफ्नो पहिलो ओभरमा नै ओपनर रोस अडाएरलाइ पेभेलियनको बाटो देखाएका थिए।

सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमल ए टोलीमा स्थान बनाउँदै टोलीमा फर्किएका हुन्।

नेपालका लागि कमल सिंह ऐरिले ३ विकेट लिए। सागर ढकाल र आरिफ शेखले समान एक विकेट आफ्नो नाममा गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group