काठमाडौं, १७ चैत्र । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ । बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।
प्रहरीका अनुसार मृतक पाँचै जना गोरखाका हुन्।
मृतकमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाय, जुनकिरी रोकाय, अन्जना रोकाय र आगमन रोकाय छन्।
प्रतिक्रिया दिनुहोस्