ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक- उपप्रधानमन्त्री श्रेष्ठ


एबीसी न्यूज
१९ चैत्र २०८०, सोमबार   २ : ४५   बजे

काठमाडौं १९ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । यो आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

चीनको सात दिने भ्रमण पूरा गरी सोमबार बिहान काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’

चिनियाँ विदेशमन्त्रीको औपचारिक निमन्त्रणमा मन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमणमा गएका थिए । भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटसमेत गरेका थिए ।

आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर आफूले चिनियाँ पक्षसँग छलफल गरेको जानकारी उनले गराए । ‘मेरो मुख्य ध्यान नेपालको अहिलेको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धिमा चीन र नेपालको बीचको अन्तर्क्रिया र अन्तरनिर्भरताको जुन स्थिति छ, त्यसलाई कसरी सुदृढ गर्ने भन्नेमा केन्द्रित रहेको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘नेपाल–चीनको डभेलपमेन्ट करिडोरको रुपमा नेपाल, तिब्बत, सिचुआन र छोङछिङलाई बनाउन सकियो भने हामीले धेरै उपलब्धि लिन सक्छौं । तीनटै ठाउँमा मेरो गम्भीर छलफल भयो । अहिलेको इकोनोमिक डिप्लोमेसीलाई केन्द्रमा राखेर मैले यी तीनवटा प्रदेशमा छलफल गरेको छु ।’

मन्त्री श्रेष्ठका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई०लाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे पनि दुई पक्षबीच छलफल भएको थियो ।

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न, नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनः सुचारु गर्न, नेपाल–चीन सीमाका केही क्षेत्रमा मल्टी फङ्सनल ल्याब स्थापना गर्न, घाँस, तरकारी तथा फलफूलहरूलगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न तथा नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताए ।

नेपालको काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडानहरू सञ्चालनमा ल्याउन पनि दुवै पक्ष सहमत भएका छन् । यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्राउन सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची ९कोरला० व्यापारिक नाकाहरु सन्चालनमा आइसकेको र कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी पनि गराए ।

उनका अनुसार नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

सम्बन्धित

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group