ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन कार्यान्वयनमा सञ्चार माध्यमको जागरण अभियान आवश्यक : मन्त्री रेखा शर्मा


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   ३ : ३२   बजे

काठमाडौं २० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुन कार्यान्वयनका लागि सञ्चार माध्यमको जागरण अभियान आवश्यक रहेको बताएकी छन् ।

रेडियो नेपालको ७४औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री शर्माले जनपक्षीय र प्रगतिशील कानुन बनाए पनि कार्यान्वयनले तीव्रता लिन नसकेको उल्लेख गरेकी हुन् ।

उनले संविधान र कानुनी व्यवस्था कार्यान्वयनका लागि सञ्चार माध्यमबाट सचेतना र जागरण अभियान आवश्यक रहेको बताएकी छन् ।

मन्त्री शर्माले भनिन्, ‘संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि घरघरमा सचेतनाको आवश्यकता छ । त्यसका लागि आम सञ्चारका माध्यमको प्रभावकारी अभियान महत्त्वपूर्ण छ ।’

नेपालको कानुनले हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता, पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्पत्तिमा दम्पतीको समान अधिकारलगायत व्यवस्था गरेको मन्त्री शर्माले बताइन् । यस्तो समावेशी कानुनी व्यवस्थालाई कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको उनले बताइन् ।

मन्त्री शर्माले गौरवमय संघर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको उल्लेख गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu