ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु – राष्ट्रपति पौडेल


एबीसी न्यूज
२३ चैत्र २०८०, शुक्रबार   २ : ०७   बजे

काठमाडौं २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताउनुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘राजनीतिक अस्थिरताको शृङ्खलाले यो देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो, मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु ।’ तपाइहरूको राजनीतिमा आफ्नो भन्नु केही नरहेको तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता भएको पौडेलले बताउनुभयो ।

‘प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ’ उहाँले भन्नुभयो, “तपाईहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।”

उहाँले तनहुँलाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको चर्चा गर्नुभयो । जिपी कोइराला श्वास प्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र संसारमा कुनै पनि नेपालीले एक पटक नआइ नहुने भानु साहित्य उद्यानले तनहुँलाई विशिष्ट जिल्ला बनाएको उहाँको भनाइ छ । उहाँले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “विकासको काम रोकेर कानुनको कुरा नगरौं, न्याय पनि जनताको पक्षमा हुनुपर्छ यो मेरो सुझाव र सल्लाह हो ।” राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्ड रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिम प्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चित्ता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले त्यसका लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी रहेको बताउनुभयो । “सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ” राष्ट्रपति पौडेलले भन्नुभयो ।

रोजगारी र शिक्षाको लागि शहर पस्ने र शहर हुँदै विदेशीने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय हुँदै क्याम्पस तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चित्ता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी रहेको बताउनुभयो ।

“ज्ञानको शक्ति र सामथ्र्य व्यापक र विराट छ, भूमण्डलीकरण र विश्वव्यापीकरणको आधुनिक युगमा प्राविधिक, व्यावसायिक र प्रतिस्पर्धी शिक्षा दिन सरकार, नीति निर्माता र शिक्षासँग सरोकारवालाले एक भएर सोच्नुपर्दछ” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले पठनपाठन र ज्ञानआर्जनको परम्परागत शैली र ढर्रा त्यागेर नीति निर्माण र योजना तहमा बस्नेले ग्लोबल भिलेजको जमानमा जहाँकहीं बस्ने र जहाँसुकै पुग्नेलाई प्रतिस्पर्धी, योग्य, स्वरोजगार, स्वाबलम्बी र आत्मनिर्भर हुने खालको शिक्षा दिन सक्नपर्ने बताउनुभयो ।

 

राष्ट्रप्रेम र देशभक्ति त छँदैछ, देश निर्माण गर्ने एक अनुशासित, सीपवान नागरिक तयार गर्ने संस्कार र शिक्षा दिन जरुरी रहेको आफूलाई लागेको चर्चा गर्नुभयो । सामाजिक अगुवा एवं शिक्षानुरागीको अथक प्रयासमा डेढ दशकअघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको उहाँले बताउनुभयो ।

तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भीमाद बजार र सेरोफेरो गुल्जार हुँदै गएपछि यहाँका शैक्षिक संस्थाको महत्व बढ्नु स्वभाविक भएको र यस क्षेत्र विस्तारै सडक, शिक्षा र सञ्चारसँगै विकासको बाटोमा अघि बढेको छ, भन्नुभयो ।

भीमादबाट रिसिङ, भीरकोट हुँदै चितवन र रिसिङ राम्जाकोट, पिपलटार हुँदै नवलपरासीसम्मको फराकिलो सडक पूर्वाधार बनाएर उत्तर–दक्षिणका छिमेकी देशलाई जोड्ने सम्भावनातर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “निर्माणाधीन १४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाले बनाउने जलाशयले यस क्षेत्रको पर्यटकीय आकर्षण बढाउन योगदान दिनेछ” उहाँले भन्नुभयो ।

सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिव एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group