ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग


एबीसी न्यूज
२५ चैत्र २०८०, आइतबार   १२ : ४०   बजे

काठमाडौं २५ चैत । २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी रु एक करोड ७० लाख रकम सङ्कलन गरेको छ । गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।

मानवता प्रवर्द्धनको उद्देश्यले आयोजित आमा सेमिनार एवं अन्तरक्रिया कार्यक्रमहरुमा करिब एक हजार पाँच सय जना अष्ट्रेलियावासी नेपाली उदारमनाहरुको सहभागिता रहेको सो संस्थाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । अष्ट्रेलिया अभियानमा १० जना अष्ट्रेलियावासीले मानवसेवा आश्रमको निर्माणाधीन भवनहरुमा एक कोठा निर्माण सहयोगार्थ रु पाँच लाख ११ हजार एक सय ११ योगदान गर्नुभएको छ ।

यसैगरी वार्षिक भोजन सेवा सदस्यता २० जनाले, छ जनाले बालगोपाल बाबुनानीको अभिभावकत्व, चार जनाले आमाबुबाको छोराछोरी बन्ने प्रतिबद्धता गर्नुभएको छ भने ९० जनाले आश्रमको आजीवन सहयोगी सदस्यता लिनु भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य लिएर सेवामा समर्पित मानवसेवा आश्रमको सेवा प्रवाहमा अष्ट्रेलिया यात्राले थप हौसला प्रदान गरेको संस्थाको संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । उहाँका यसरी नेपाल, कतार, बेलायत र अष्ट्रेलियामा भव्यताको साथ सम्पन्न भएको मानवसेवा आश्रमको कार्यक्रम आगामी मे ५ तारिखमा पुनः बेलायतमा हुन गइरहेको छ भने अरु देशहरुमा पनि कार्यक्रमको तयारी भइरहेको छ । बेलायतमा हुने कार्यक्रममा प्रसिद्ध गायिका आनीछोइङ डोल्मा सहभागी हुनुहुनेछ ।

विगत १० वर्षदेखि नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुनःमिलन एवं परिवार पत्ता नलागेकाहरुको सहारा बन्दै आएको छ । नेपालभर सात प्रदेशको १९ वटा जिल्लाहरुमा २४ वटा सेवा केन्द्र सञ्चालन भई आजको दिनमा एक हजार सात सयभन्दा बढी असहायले प्रत्यक्ष नाना, खाना, छाना, स्वास्थ्य र शिक्षाको सेवा प्राप्त गरिरहेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भन्सारका १५ कर्मचारी बाढीमा सम्पर्कविहीन, १० जनाको उद्धार

रसुवा बाढीले बगाएका ६ शव तनहुँमा फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu