ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ चक्रपथ विस्तारमा चीनले बजेट छुट्यायो


एबीसी न्यूज
२६ चैत्र २०८०, सोमबार   १२ : ४९   बजे

काठमाडौं २६ चैत । चिनियाँ पक्षले कलंकी–महाराजगन्ज चक्रपथ विस्तारको लागि ‘प्रिलिमिनरी डिजाइन’को खाका नेपाललाई पठाएको छ।

नेपाल सरकारले ‘साइट क्लियरेन्स’ गर्न थालेको ५ वर्ष पुगिसक्दा बल्ल डिजाइनको खाका आदानप्रदान भएको हो।

चिनियाँ अनुदानमा बन्ने आयोजना लामो समय साइट क्लियरेन्स नभएको भन्दै सुरु नै हुनसकेको थिएन। तर चिनियाँले नै चक्रपथ विस्तारको लागि बजेट विनियोजन नगर्दा लामो समय अन्योल रहेको थियो। अहिले चीनले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको बताइएको छ।

 

‘चीनले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको सुनेका छौँ’, चक्रपथ विस्तार सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले भने, ‘चीनबाट आयोजनालाई गति दिने पत्र पनि आएको छ। जसमा प्रिलिमिनरी डिजाइनको विषय छ।’

उनका अनुसार सडकको कुन ठाउँमा पुल, कल्भर्ट हुने विषयमा जानकारीसहितको पत्र पठाइएको छ। चिनियाँ पक्षले विस्तृत परियोजना प्रतिवेदन भने अझै तयार गरेको छैन।

‘अहिले कुन ठाउँमा कस्तो संरचना बनाउने भन्ने विषयमा जानकारी गराएको छ’, ओझाले भने, ‘त्यसमा हामीले जवाफ पठाएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन तयार गर्छ।’

दोस्रो खण्डमा आठ दशमलव दुई किलोमिटर सडक छ। सम्झौता सन् २०१८ मा भए पनि कोभिडलगायत कारण चीनले नै डिजाइन गर्नुपर्ने हुँदा टोली आउन नसकेकाले रोकिएको काम पनि पूरा हुन नसकेको कारण देखाइँदै आएको छ।

आठ लेनको सडकमा मुख्य लेन चीनको अनुदानमा चिनियाँ पक्षले नै बनाउनेछ।

साइड लेन र ढलको काम नेपालले गर्नुपर्छ। जसको ठेक्का समेत लागिसकेर काम भइरहेको छ।

काठमाडौंका मेयर बालेन्द्र शाह

२०७९ फागुनमा चक्रपथको दोस्रो चरणको विस्तारमा ढिलाइ भएसँगै चिनियाँ राजदूतसहितको टोली निरीक्षणको लागि पुगेको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन्द्र शाह, विद्युत् प्राधिकरणका कुलमान घिसिङलगायतसँगै निरीक्षण गरी तत्काल काम सुरु हुने बताएका थिए।

चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै काम सुरु गरेको थिएन। नेपाल सरकारले रुख कटान, विद्युतका पोल सार्ने, ढलको व्यवस्थापनका काम सकाएको छ।

तर स्वयम्भूलगायत ठाउँमा संरचना नहटाई सडक निर्माण गर्ने सहमति भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले चिनियाँ पक्ष रसुवागढी सडक र चक्रपथ विस्तारमा सकारात्मक देखिएको बताए।

‘चिनियाँ राजदूतसहितको टोली नै मन्त्रालयमा आएर छिट्टै काम अघि बढ्ने बताउनुभएको छ’, अधिकारीले भने, ‘उत्तरी नाकाको महत्त्वपूर्ण मानिने रसुवागढी सडक सुधारको काम छिट्टै गर्ने पत्र आएको छ।’

हाल चिनियाँ नाकासम्म ठूला कन्टेनर आए पनि नेपालतर्फको सडक साँघुरो हुँदा ठूला ट्रकलाई अप्ठ्यारो हुँदै आएको छ। चक्रपथ र रसुवागढी दुवै सडक चिनियाँ अनुदानमै बन्न लागेका हुन्।

गत फागुन ३० गते काठमाडौं महानगरका मेयर बालेन शाहले चक्रपथ विस्तार ढिलाइ भएको भन्दै चिनियाँ सम्बन्धित पक्षमाथि प्रश्न उठाएका थिए।

‘नेपालीले चीनले २४ घण्टामा ठूला ठूला भौतिक संरचना निर्माण गर्छ भन्ने समाचार कसरी पत्याउनु’, उनले भनेका थिए, ‘संघीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो छ। नेपालका दूरदराजको विकास पद्धतिले फड्को मार्छ भनेर कसरी विश्वास गर्नु१’

काठमाडौँका सडकलाई धूवाँ र धूलोमुक्त बनाउन सडक बढार्ने, टिपनटापन गर्ने, ब्रुमर लगाउने र पानीले पखाल्ने गरेको बताउँदै उनले सडकको सफाइमा अपेक्षित सफाइ प्राप्त गर्न नसकेको प्रमुख कारण चक्रपथ सुधार आयोजनाको वर्षौँसम्म नसकिनु रहेको उल्लेख गरेका थिए।

महानगरले चक्रपथका ठाउँ ठाउँमा यो सडक महानगर मातहत पर्दैन भनी बोर्ड नै टाँसेको थियो। काठमाडौं चक्रपथ सुधार आयोजनाले बोर्ड हटाइदिएपछि महानगरले बोर्ड हराएको भन्दै पुलिस रिपोर्ट नै गरेको छ।

चक्रपथबाट सहर प्रवेश गर्ने सवारीसाधनले चक्रपथको धूलो सहरका कुनाकुनासम्म पु¥याउने गरेका छन्। यसकारण नियमित प्रयत्न गरे पनि भित्री सहरी क्षेत्रको सडक अव्यवस्थित र फोहोर देखिने गरेको दाबी मेयर शाहको छ।

चक्रपथको पहिलो खण्डअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्म विस्तारको काम वि।सं। २०७१ देखि चीन सरकारले थालेको थियो। २०७५ मा १० किलोमिटर कोटेश्वर–कलंकी खण्ड सरकारलाई हस्तान्तरण गरिएको थियो।तत्कालीन भौतिकमन्त्री नारायणकाजी श्रेष्ठ, चिनियाँ राजदूतलगायत साइट निरीक्षणमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu