ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीको छानबिन राज्यका निकायबाट हुन्छ, संसदीय समिति चाहिँदैन- कानुन मन्त्री


एबीसी न्यूज
२६ चैत्र २०८०, सोमबार   २ : २३   बजे

काठमाडौं २६ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी ठगीसम्बन्धी छानबिन राज्यका निकायलाई छाडिदिनु पर्ने बताएका छन्।

सोमबार प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय छानबिन समितिले सहकारीको हिसाब(किताब नगर्ने बताए।

गिरीले सहकारी ठगीका दोषीहरूलाई कारबाही गरी बचतकर्ताको पैसा जस्ताको तस्तै फिर्ता दिनुपर्ने पनि उल्लेख गरेका छन्।

 

‘संसदीय छानबिन समिति सहकारीको हिसाब(किताब मिलाउन हिँड्ने होइन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँु, उनले भने, ुसहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ।’

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बन्नुपर्ने भन्दै विरोध गर्दै आइरहेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएको सहकारी ठगी प्रकरणमा कांग्रेसले संसदीय समिति गठन हुनुपर्ने माग गरिरहेको छ।

सहकारी प्रकरणमा अनुसन्धानको दायरमा ल्याउनु पर्ने निकायको प्रमुख नै गृहमन्त्री बनेकाले संसदीय समितिमार्फत छानबिन हुनुपर्ने अडान कांग्रेसले राखिरहेको छ।

कांग्रेसको उक्त अडानबीच कानुनमन्त्री गिरीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन नसकिने प्रष्ट पारेका हुन्।

उनले अर्थतन्त्र चलायमान बनाउन, सुशासन कायम गर्न र विकास निर्माण अघि बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताए

ुएक वर्षमा देशमा ठूलो निराशा भयो। धेरै क्षेत्र गतिहीन रहे। व्यापक निराशा थियो। त्यसपछि नयाँ गठबन्धन बन्योु, उनले भने, ुहाम्रो मुख्य ध्यान अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माण र सामाजिक सुधारका पक्षमा काम गर्नेमा छ।ु

भ्रष्टाचार अन्त्य गर्न खरो रूपमा उत्रनुपर्ने उनले बताए। ुयो सरकार सुशासन र समृद्धिमा केन्द्रित हुन्छ। नयाँ वर्षमा सबै नेपाली देशको अर्थतन्त्र बनाउने काममा जुट्नुपर्ने जरूरी छु, उनले भने।

संविधान कार्यान्वयनका लागि १ सय ८२ वटा कानुन अझै बनाउन बाँकी रहेको बताउँदै उनले तीमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउनेगरी सरकारले तयारी गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group