ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे विजयी


एबीसी न्यूज
२८ चैत्र २०८०, बुधबार   ३ : १२   बजे

काठमाडौं २८ चैत । फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराएकी हुन्।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि भएको मतदानका क्रममा उपस्थित ५५ जनामध्ये ३९ जनाले घिमिरेको पक्षमा मतदान गरे।  त्यस्तै उनको विपक्षमा नेपाली कांग्रेससहित १६ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

पुडासैनीको प्रस्तावमा मतदानका क्रममा ५५ जना राष्ट्रिय सभा सदस्य उपस्थित थिए। यस्तोमा पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको छ।

राष्ट्रिय सभाको अध्यक्षमा यसअघि फागुन २९ गते नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भइसकेका छन्।

सत्तारूढ पाँच दलका शीर्ष नेताको सहमतिअनुसार घिमिरेलाई एमालेले उम्मेदवार बनाएको थियो।

यस पदमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेको थियो। तर समाजवादी र जनता समाजवादी दुवैले एमाले उम्मेदवारलाई नै साथ दिए।

घिमिरेको पक्षमा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सहित ३९ सांसदले मतदान गरेका छन्।

घिमिरे एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन्। घिमिरेले राष्ट्रिय सभामा कपिलवस्तुबाट प्रतिनिधित्व गर्छिन्। उनी २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा तत्कालीन प्रदेश ५ बाट विजयी भएकी थिइन्।

उनले त्यसबेला नेकपाको तर्फबाट ८ हजार तीन सय ३८ मत ल्याएकी थिइन्। उनीसँग भिडेकी नेपाली कांग्रेसकी उम्मेदवार गिरिजादेवी न्यौपानेले ३२८८ मत ल्याएकी थिइन्।

यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १६ गते राजीनामा दिएपछि रिक्त उक्त पदका लागि बुधबार निर्वाचन भएको हो।

राष्ट्रिय सभा उपाध्यक्षमा विजयी विमला घिमिरे २०७८ सालमा नेकपा एमाले कपिलवस्तुको इन्चार्ज पनि बनेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group