ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा बस दुर्घटना, नौ घाइते


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ३ : ०३   बजे

काठमाडौं २९ चैत । पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको थियो।

घाइतेमध्ये छ जना उपचारपछि घर फर्किइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ। सूईखेतमा बस बिहान पौने ३ बजेतिर अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। घाइते सात वर्षीय बालक निश्चल फगामीको दाहिने हाँत भाच्चिएको छ। उहाँको गण्डकी मेडिकल कलेज९जिएमसी०मा उपचार भइरहेको छ।

७२ वर्षीय घाइते नरबहादुर पुनको टाउकोमा गहिरो चोट लागेकाले जिएमसीको न्युरो बार्डमा उपचार भइरहेको छ। अर्का एक घाइतेको अवस्था सामान्य छ। घाइते हुनेमा बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ३ की २५ वर्षीया रीता घर्ती, मालिका गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय भीमकुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी हुनुहुन्छ।

तमानखोला वडा नम्बर ३ कै ६५ वर्षीया कृष्णकुमारी पुन पनि घाइते हुनुहुन्छ। वेनीमा उपचार, टेकबहादुर कार्की ६१ वर्ष बेनी ७, मंगलघाटका टेकबहादुर कार्की दुर्घटनामा घाइते भएपछि अर्को गाडीमा गएर बेनीमा उपचाररत रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

बसका चालक बेनी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएको अनुसन्धान गरिरहेको छ। प्रहरी नायब उपरीक्षक शर्माले बसका सहचालक २५ वर्षीय विनोद दर्जी पनि पश्चिम क्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu