ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकाे ट्रफी सार्वजनिक


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ५ : ००   बजे

काठमाडौं २९ चैत । आगामी वैशाख ४ गतेदेखि हुने १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ।

राष्ट्रिय खेलकुद परिषदले बिहिबार पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेको हो। युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा हुने प्रतियोगिता वैशाख ४ गतेदेखि ६ गतेसम्म हुदैछ।

 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वानदो र उसु खेलको प्रतिस्पर्धा हुनेछ।  एथलेटिक्स खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ।

 

एथलेटिक्सको छात्र छात्रामा समान १३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्ररछात्रामा समान ६ गरी ३६ स्वर्ण तथा स्वर्णका लागि स्पर्धा हुनेछ।

भलिबल र कबड्‌डीको छात्ररछात्रमा समान १ गरी ४ स्वर्णका लागि गरि कुल ६६ स्वर्णका प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सातै प्रदेशबाट जम्मा ६ सय ८६ खेलाडी सहभागी हुने राखेपले जनाएको छ। केन्द्रस्तरीय प्रतियोगिताका लागि स्थानिय तह, जिल्ला तथा प्रदेश छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ।

संघीय प्रणालीअनुरुप विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीहरुलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न यो प्रतियोगिताको सुरुआत गरिएको हो।

प्रतियोगिताको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ४ गते उ‌द्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगिताको कुल पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ छ। प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ।

समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित रनिङ शिल्ड प्रदान गरिने छ। यसअघि लुम्बिनी प्रदेशले लगातार ३ संस्करण जित्दै रनिङ सिल्ड आफ्‌नै बनाइसकेको छ।

यो पटक नयाँ रनिङ सिल्ड तयार पारेको परिषदले जनाएको छ। समग्रमा उपविजेता र तेश्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ।

प्रतियोगितामम जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले जनही १५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताका लागि सरकारले १ करोड ५० हजार रुपैयाँ विनियोजन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group