ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आध्यात्मिकताले समाजको शुद्धीकरण गर्छ : मन्त्री चौधरी


एबीसी न्यूज
३ बैशाख २०८१, सोमबार   ११ : ४५   बजे

काठमाडौं ३ बैशाख । आध्यात्मिकताले समाजलाई नकारात्मक असर नपर्ने अझ समाजको शुद्धीकरण गर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल वराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्थे पनि गरेको उहाँले बताउनुभयो ।

नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत बताउनुभयो । धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौ भन्ने आशा, भरोसा र आस्था मात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ सँगै अस्वस्थ प्रतिस्पर्धा छु, उहाँले भन्नुभयो, यो अस्वस्थ प्रतिस्पर्धालाई चिर्न, तडकभडकपूर्ण समाजलाई चिर्नका लागि हरेक राजनीतिज्ञ, हरेक व्यवसायी वा आम व्यक्तिमा धार्मिक आचरण हुनुपर्छ ।

हरेक व्यक्तिमा धार्मिक आचरण भएमा समाजमा जुन प्रदूषित तरिकाले अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ, त्यो अस्वस्थ प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिने समेत मन्त्री चौधरीले दाबी गर्नुभयो । स्वस्थ, सभ्य, असल, संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।

अध्यात्म, मेडिटेसन पनि मान्छेको मल्टिपल इन्टेलिजेन्स भएको भन्दै उहाँले भगवान् बुद्धले पनि त्यो समयमा मेडिटेसन, ध्यान गरेर बुद्धत्व प्राप्त गरेको बताउनुभयो । आध्यात्मिक कुराहरू धेरै महत्त्वपूर्ण कुरा भएको वैज्ञानिकले साबित गरेको समेत उहाँले बताउनुभयो ।

भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीय सँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । चतराधाम, वराहक्षेत्रमा जुन कुम्भ मेलाको सुरुआत भयो । इतिहासको कालखण्डमा हाम्रा ऋषिमुनिहरूले तपजप गर्ने यो महत्त्वपूर्ण ठाउँ । यो कुम्भ मेलाको सुरुआत गर्दाखेरि तपाईँहरूले कति धेरै कुरा व्यहोर्नुभएको होला, उहाँले भन्नुभयो, भारतमा पनि तपाईँहरूले सुन्नुभएको छ त्यहाँ पनि १२ वर्षमा कुम्भ मेला लाग्छ । कुम्भ मेलाले आन्तरिक पर्यटक, नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक सँगसँगै एसियन क्षेत्रका पर्यटकहरू त्यहाँ आउँछन् । त्यसरी नै नेपालमा पनि कुम्भ मेला लगाइरहँदा खेरि यो भूमिलाई पावन बनाउनका लागि सरकार तथा हामी सबै मिलेर भूमिका निर्वाह गर्न जरुरी छ ।

वराहक्षेत्र चतरा एक महत्त्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै उहाँले धार्मिक गन्तव्यहरूको विकास र प्रवर्द्धन गर्नका निम्ति सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, अहिले तीन तहको सरकार छ । सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरेर यो ठाउँको विकासका निम्ति भूमिका खेल्नुपर्छ ।

त्यहाँ आवश्यक विकास निर्माण, सुरक्षा व्यवस्था सबै हिसाबले बनाउनका निम्ति सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो । बराहक्षेत्र चतरा धामलाई उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सकेमा हिन्दु धर्मावलम्बीले नेपाल र भारतको मात्र होइन एसिया क्षेत्र तथा विश्वकै हिन्दु धर्मावलम्बीको आकर्षित गर्न सक्छौँ, मन्त्री चौधरीले भन्नुभयो, सँगसँगै हामी कसरी आर्थिक रूपले पनि सम्पन्न हुन सक्छौँ भन्नेतर्फ ध्यान दिन आवश्यक छ । हिन्दु सनातनी भारतमा बढी होला । त्यसपछि नेपालमा होला । त्यस कारण त्यहाँका पर्यटकको आकर्षण गर्न सकेमा आर्थिक रूपमा पनि सम्पन्न हुन सकिन्छ । जसले गर्दा अन्य धर्मावलम्बीहरू पनि प्रोत्साहित हुन सक्छन् ।

मन्त्री चौधरीले वराहक्षेत्र चतरा भूमिको विकासका निम्ति राज्यको तर्फबाट गर्न सकिने सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुककै ठुलो धार्मिक गन्तव्यको रूपमा विकास गर्नका निम्ति सबै लाग्नुपर्ने भन्दै उहाँले बराह क्षेत्र चतराधामको विकासमा निम्ति मन्त्रालयका तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले अन्य सम्बन्धित मन्त्रालयमा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै आध्यात्मिकले खराब नगर्ने भन्दै उहाँले यसले समाजलाई शुद्धीकरण गर्ने समेत बताउनुभयो । समाजलाई शुद्धीकरण गर्नका निम्ति धार्मिक गुरु, अनुयायीहरूको पनि महत्‍वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो । म त भन्छु हरेक टोलमा आध्यात्मिक केन्द्रहरू भइदियोस् । जसले गर्दा दुई शब्द गुरुको बचन सुनेर, मन्दिरमा ढोगेर निस्किएमा त्यो मान्छेले दिनभरि कसैलाई कुविचार राख्दैन । कसैलाई गाली गर्दैन, कुट्दैन अर्थात् गलत कार्य गर्दैन ।

सत्यको पक्षमा हिँड्दा कहिल्यै पनि हार नहुने भन्दै मन्त्री चौधरीले आफू पनि तीन पटक निर्वाचन लडेको प्रसङ्ग उल्लेख गर्दै दुई पटक उपविजेता भएर तेस्रो पटकमा निर्वाचित हुन सफल भएको बताउनुभयो ।

सङ्घर्ष गर्दै गएपछि एक दिन सफलतामा पुगिने भन्दै उहाँले निरन्तर सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो । त्यस अवसरमा कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बालसन्त मोहनशरण देवाचार्यले भगवती चौधरी अरू जस्तो पुलिसलाई ढुङ्गा हानेर नेता भएको मान्छे नभएको भन्दै एकेडेमिक क्वालिफाइड नेता भएको बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group