ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी एकताको कुराले न सरकार बन्छ न देश : ओली


एबीसी न्यूज
३ बैशाख २०८१, सोमबार   २ : ३७   बजे

काठमाडौं ३ बैशाख । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुराले सरकार र देश दुवै नबन्ने टिप्पणी गरेका छन्।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आवश्यक परेका बेला कम्युनिस्ट एकता गर्ने भएपनि त्यसका लागि दल र व्यक्ति छान्नपर्ने आवश्यक्ता रहेको बताए।

‘यतिबेला राष्ट्रिय शक्ति मिलेर सुशासन र समृद्धिको बाटोतर्फको एकता आजको आवश्यक्ता हो। वामपन्थीका नामको एकता भन्ने कुरा होइन,’ ओलीले भने, ‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ न देश चल्छ।’

साथै, उनले पार्टी बिगार्ने र अवसरको मात्रै खोजी गर्नेहरूलाई एकतामा समावेश नगर्ने पनि बताए।

‘परेको बखतमा एकता गर्छौँ पनि। छर छानेर। पार्टी बिगार्ने र अवसरको खोजीका लागि लाग्ने, आन्दोलनको हित नहुनेगरी काम गर्नेलाई सहभागी गराउँदैनौँ,’ ओलीले भने।

ओलीले प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको भन्दै कुर्सीका लागि लड्न नहुने पनि बताए।

‘प्रधानमन्त्रीको कुरा चलेको छ। त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको, प्रधानमन्त्रीको पद ठूलो कुरा होइन। महत्त्वपूर्ण कुरा पनि हो। यतिबेला के गर्दा अनुकुल वातावरण बन्छ, देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौँ भने त्यो राम्रो होइन,’ ओलीको भनाइ छ।

मन्त्रालयको विषयमा अडिनु अहिलेको हाम्रो अभिभारा नभएको ओलीको भनाइ थियो। ‘अहिले अनुचित देशका लागि हानिकारक कामका लागि रोक्नु मुख्य कुरा हो,’ ओलीले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान ८:४० मा नेपाल पसेको थियो बाढी, हिमपहिरोले थुनिएको नदी एक्कासि खुलेको अनुमान

चितवनका सीडीओ भन्छन्- बाढी चितवन प्रवेश गर्यो, हामी एकदम सतर्क छौँ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu