ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा समानीकरण अनुदान पठाउँछौं : प्रधानमन्त्री


एबीसी न्यूज
३ बैशाख २०८१, सोमबार   ३ : १४   बजे

काठमाडौं ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा समानीकरण अनुदान पठाउने बताएका छन् ।

संघीय सरकारले तेस्रो किस्ताको समानीकरण अनुदान कटौती गरेपछि गाउँपालिका राष्ट्रिय महासंघले विरोध गर्दै आइरहेको थियो ।

महासंघ प्रतिनिधिसँग सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहलाई पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका हुन् । कटौती गरिएको तेस्रो किस्ताको रकम पठाउने उनले बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले महासंघसँग मुख्य सचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो नआउने भन्दै समानीकरण अनुदान नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताएका थिए ।

‘महासंघले समानीकरण अनुदान कटौती गर्दा स्थानीय सरकारको काम प्रभावित भएको विषयमा ध्यानाकर्षण गराएको थियो । त्यसमा प्रधानमन्त्री प्रचण्डले कटौती नगर्ने बताउनुभएको छ,’ महासंघका कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलले अनलाइनखबरसँग भने ।

कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिले प्रतिवेदन हस्तान्तरण गरेको कार्यक्रममा महासंघकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रधानमन्त्री, मुख्य सचिव र अर्थ सचिव लगायतको उपस्थितिमा सरकारको जवाफ माग गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group