ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिसी प्रिमियर कप : हङकङलाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा


एबीसी न्यूज
३ बैशाख २०८१, सोमबार   ३ : २७   बजे

काठमाडौं ३ बैशाख । नेपाल लगातार तेस्रो जित निकाल्दै एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ अन्तर्गत ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सोमबार भएको तेस्रो खेलमा नेपालले हङकङलाई आठ विकेटले हरायो । नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । तेस्रो जितसँगै ६ अङ्क बनाएको नेपाल समूहको शीर्षस्थानमा छ ।

यसअघि समूहको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले हराएको थियो । नेपालले अन्तिम खेल ५ गते साउदी अरेबियासँग खेल्नेछ । जितका लागि एक सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२।२ ओभरमा दुई विकेटको क्षतिमा एक सय १७ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि आशिफ शेखले ४० रन बनाउनुभयो । उहाँले १८ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै ओपनर कुशल भुर्तेलले ३२ रन, कप्तान रोहितकुमार पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाउनुभयो ।

बलिङमा हङकङका इशान खान र यासिम मुर्ताजाले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । हङकङका लागि आन्सी राथले सर्वाधिक ३४ रन बनाउनुभयो ।

यस्तै जेसान अलीले १४, कप्तान निजकट खानले १२ र इशान खानले ११ रन बनाउनुभयो । बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिनुभयो । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा करण केसीले एक विकेट लिनुभयो ।

 

वर्षाले केही समय ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको हो । हङकङले दोस्रो हार खेपेको छ । हङकङले यसअघि कतारलाई २६ रनले पराजित गरेको थियो । हङकङ साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

यस्तै प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९युएई० छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । नेपाल प्रिमियर कपको साविक विजेता हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group