ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांस्कृतिक र आध्यात्मिक जागरणमा महायज्ञले टेवा पुग्छ : उपराष्ट्रपति यादव


एबीसी न्यूज
५ बैशाख २०८१, बुधबार   ५ : ५२   बजे

काठमाडौं ५ बैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिरहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरुमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महायज्ञ महोत्सवबाट टेवा पुग्ने बताउनुभएको छ ।

उहाँले मधेश प्रदेशको सिरहा नगरपालिका–१४, खिरौना नवटोलीमा श्री रामजानकी महायज्ञ समितिद्वारा आयोजित ‘श्री श्री १०८ श्री रामजानकी महायज्ञ महोत्सव’ को बुधबार समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो ।

उहाँले महायज्ञबाट सम्पूर्ण आम नागरिकमा आन्तरिक आध्यात्मिक चिन्तनको प्रस्फुटन गर्दै परस्पर मैत्रीभाव, अपनत्वभाव, भाइचारा, मेलमिलाप र भ्रातृत्वभाव पनि बढ्ने जानकारी दिनुभयो ।

‘‘महायज्ञ, धार्मिक अनुष्ठानलगायतबाट मानव जीवनमा प्रादुर्भाव हुने अलौकिक आध्यात्म शक्ति तथा धार्मिक चिन्तनले व्यक्तिलाई सही र असल मार्गमा डोर्याउन सघाउँदछ । यसले व्यक्तिलाई सबै मानिस र जीव–जन्तुलाई समान दृष्टिकोणले बुझ्न र सम्मान गर्न पनि सहयोग पुग्ने गर्दछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘यी र यस्ता महायज्ञहरुले व्यक्तिलाई भौतिक वस्तुहरुप्रतिको मोह भङ्ग गराउँदै असीम शान्तिको मार्गमा हिँड्ने आध्यात्मिक सोचको विकास पनि गराउँदछ । महायज्ञ आफैमा एउटा सांस्कृतिक र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतालाई बढावा दिने अनुष्ठान हो । यसले व्यक्तिलाई नाम, दाम र लोकप्रियता गौण विषय हो भन्ने तथ्य बुझ्न पनि मद्दत गर्दछ ।’’

उहाँले द्रुत प्राविधिक विकास र सामाजिक परिवर्तनको यो युगमा, विश्वले शान्ति सङ्कटको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै वैज्ञानिक प्रविधिहरुले हामीलाई एकआपसमा नजिक ल्याएपनि आजको मानव सभ्यता चिन्ता, अवसाद जस्ता मनोविक्षिप्तता र अनेकौं जटिल मनोविकृतिबाट सिर्जित समस्याहरुसँग लड्न बाध्य पनि बनाएको बताउनु भयो ।

‘‘यसले हाम्रो जीवन ऊर्जाको क्षयीकरण हुने गर्दछ । अझ व्यस्त जीवनशैलीले मानिसलाई असन्तुलनको अवस्थामा पुर्याइ दिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यस्तो अवस्थामा महायज्ञ जस्तो धार्मिक अनुष्ठानको उपादेयता झनै बढी हुने गर्दछ ।’’

उपराष्ट्रपति यादवले महायज्ञको भौतिक र आध्यात्मिक महत्त्व रहेको उल्लेख गर्नुहुँदै यज्ञको ऊष्माले मानिसको अन्तः करणमा देवत्वको छाप छाड्न सक्ने बताउनु बताउनुभयो । ‘‘भनिन्छ, जहाँ यज्ञको आयोजना गरिन्छ त्यहाँको भूमि र प्रदेश सुसंस्कारहरुको छापलाई आफूभित्र धारण गर्न पुग्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘यज्ञमा गुञ्जिने जय जयकार ध्वनीले हाम्रो मनोभूमिलाई उच्च सुविकसित एवं सुसंस्कारी पनि बनाउँदछ ।’’

उहाँले कुबुद्धि, कुविचार, दुर्गुण तथा दुष्कर्महरुले युक्त व्यक्तिहरुको मनोभूमिमा पनि यज्ञले व्यापक सुधार ल्याउन सहयोगी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । ‘‘त्यसैले यज्ञलाई त्यागमय जीवनको आर्दशको प्रतिक पनि मानिएको छ । इदन्न मम–९यो मेरो होइन सम्पूर्ण समाजको हो० भन्ने भावना सिङ्गो मानव जातिमा विकास गराउँन उत्प्रेरित गर्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसले हाम्रो सनातन आध्यात्मिक समाजवादलाई जीवन्त बनाउनमा सघाउँदछ ।’’

यज्ञको अर्को महत्त्वपूर्ण पाटो भनेको यो सामूहिकताको प्रतिक पनि भएको उल्लेख गर्दै अगाडि भन्नुभयो, ‘‘अन्य उपासना, अनुष्ठान र धार्मिक प्रक्रियाहरु एक्लो पनि गर्न सकिन्छ । तर, यज्ञ÷महायज्ञ यस्तो कार्य हो, जसमा बढी भन्दा बढी मानिसको सहयोग आवश्यकता पर्दछ । त्यसैले यज्ञ आयोजनलाई सामूहिकता, सहकारिता र एकताको भाव विकसित गराउने उपर्युक्त माध्यम पनि भनिएको हो ।’’

उपराष्ट्रपति यादवले समाजमा विद्यमान गरिबी, सामाजिक विकृति, एक्लोपन र तनावग्रस्त जीवनशैलीले आफुलाई नै सिध्याउने जस्तो नकारात्मकताले हामीलाई गम्भीर रुपमा गाँजेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले सबै क्षेत्र, वर्ग, उमेर, समूह र समुदायका युवाहरुद्वारा नेतृत्व गर्दै यो भेगमा धार्मिक पर्यटनको विकास तथा सामाजिक, धार्मिक संस्कार, परस्पर भाइचारा, ‘बसुदैव कुटुम्बकम’ को संदेश सञ्चार हुने गरी जुन कार्य भइरहेको छ, त्यो प्रशंसनीय रहेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group