ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम भण्डारण गृहको निर्माण प्रक्रिया सुरु


एबीसी न्यूज
५ बैशाख २०८१, बुधबार   ५ : ५५   बजे

काठमाडौं ५ बैशाख । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु गरेको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने कार्यको थालनी गरिएको हो ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा बुधबार निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।

आयल निगमका अनुसार रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३।५ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको हो । यो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ ।

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निगमले स्थानीयको चासो सम्बोधन गरिदिनुपर्छ, निगमलाई आवश्यक पर्ने कुराहरुमा स्थानीय सरकारको तर्फबाट सहयोग गर्न तयार छौं ।”

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिने तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्नुभयो । भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवका अनुसार करिब तीन अर्ब रुपियाँको लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको हो । जग्गासम्बन्धी अख्तियार, संसदीय समितिको विवाद सल्टिएको बताउँदै उहाँले निर्माणका लागि बजेट पारित भइसकेको बताउनुभयो । सो स्थानमा डिजेल भण्डारणका लागि २१ सय किलोलिटर तीनवटा, पेट्रोल भण्डारणका लागि १६ सय किलोलिटर दुईवटा र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिनेछ । भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो सो स्थानमा सर्नेछ ।

आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उहाँले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गरिने जानकारी दिनुभयो । परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गर्नेछ । आगामी मङ्सिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र वि।सं। २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निगमका प्रबन्धक रामहरि निरौलाले बस्तीभन्दा टाढा १४ बिघा जग्गामा अब पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढाइने बताउनुभयो । “भएका भन्डारण गृह साँघुरो भइसक्यो । १४(१५ दिनलाई भन्दा पुग्दैन । पेट्रोलियम पदार्थको खपत बढिसक्यो”, उहाँले भन्नुभयो, “हामीलाई नयाँ भण्डारण गृह आवश्यक भइसक्यो ।”

निरौलाले भलबारीको भण्डारण क्षमता कम भएकाले नयाँ भण्डारण गृह बनाउन लागिएको बताउनुभयो । नयाँ भण्डारण गृह ७० प्रतिशत ओमसतिया र बाँकी रोहिणी गाउँपालिकामा पर्छ ।

निर्माण शुभारम्भ कार्यक्रममा पेट्रोलियम व्यवसायी प्रेम न्यौपाने, राकेश कसौधनलगायतले हालको भलवारी डिपो बस्ती नजीक हुँदा असुरक्षित र जोखिमयुक्त भएकाले अव नयाँ ठाउँमा भण्डारण गृह सरेपछि व्यवसायी र आम सर्वसाधारणका लागि सुरक्षित र सहज हुने बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group