ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही


एबीसी न्यूज
७ बैशाख २०८१, शुक्रबार   ११ : १०   बजे

काठमाडौं ७ बैशाख । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको छ ।

महानगरले २०८१ वैशाख १ गते एक सूचना प्रकाशन गरेर महानगरभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिका निर्माण कार्य गर्नुअघि यस्तो निर्माण कार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घ संस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले महानगरबाट स्वीकृत लिनुपर्ने वा तीन दिनभित्र आवश्यक प्रबन्ध मिलाउन सूचित गरेको थियो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार यसअघि थालिएका वा निर्माणाधीन अवस्थामा रहेका निर्माण कार्यका सम्बन्धमा सूचना उल्लङ्घन भएको हकमा महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ का साथै निर्माण सम्बद्ध अन्य कानुन बमोजिम कारबाहीको प्रक्रिया सुरु हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ मा ‘सडकको क्षेत्राधिकार तोक्न सक्ने’ व्यवस्था अन्तर्गत उपदफा १ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थानीय सडकको दायाँ–बायाँको अधिकार क्षेत्रको सीमा तोक्न सक्नेछ ।

दफा ४५ को उपदफा २ मा गाउँपालिका तथा नगरपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरीय सडकको दायाँ–बायाँ अधिकार क्षेत्रको मापदण्ड पालना गर्नुपर्ने तथा गराउनु पर्ने व्यवस्था छ ।

यस्तै, उपदफा ३ मा गाउँपालिका तथा नगरपालिकाले उपदफा १ वा २ बमोजिमको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै बखत हटाउन वा भत्काउन सक्ने आदेश दिन सक्ने व्यवस्था रहेको छ ।

प्रवक्ता मानन्धरले भन्नुभयो, “सडकमा फोहोर वा त्यस्तो सामान राखेको व्यक्तिको पहिचान भएको अवस्था छ भने त्यो व्यक्तिलाई हाम्रो मापदण्डअनुसार सजाय, दण्ड हुन्छ ।” पाँच हजारदेखि एक लाख रुपियाँ समेत जरिवाना हुन सक्ने तथा जेल चलान पनि हुन सक्नेगरी कारबाही गर्ने जिम्मा नगर प्रहरीलाई दिइएको उहाँको भनाइ छ ।

उहाँले पैदल यात्रुलाई सहज एवम् सडक दुर्घटना हुन नदिन जथाभाबी निर्माण कार्य हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगर होस् या सडक विभाग । चाहे त्यो विद्युत प्राधिकरण होस् । सबैले संयमित भएर काम गर्नुपर्छ । ज–जसलाई ठेक्का दिइएको छ, त्यसको मोनिटरिङ गर्नुपर्छ । आफ्नो साइटमा कसरी काम भइरहेको छ रु पैदल यात्रुलाई आवत–जावत गर्न सहज भएको छ कि छैन भनेर हेर्नुपर्छ ।”

वातावरण संरक्षण ऐन, २०७६ को दफा १३ मा ‘रोक लगाउन सक्ने’ व्यवस्था अन्तर्गत उपदफा १ मा कसैले ऐन बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनभन्दा विपरीत हुनेगरी आयोजना कार्यान्वयन गरेमा सम्बन्धित निकायले त्यस्तो आयोजना कार्यान्वयन गर्न तत्काल रोक लगाउन सक्छ ।

उपदफा २ मा उपदफा १ बमोजिम आयोजना कार्यान्वयन गर्न रोक लगाइएकोमा त्यसरी रोक लगाइएको कारणबाट प्रस्तावकलाई कुनै क्षति पुग्न गएमा प्रस्तावकले सो बापत क्षतिपूर्ति दाबी गर्न पाउने छैन ।

महानगर वा सडक विभाग दुवैबाट अनुमति नलिई जथाभाबी रूपमा निर्माण कार्यहरू भइरहेको भन्दै यसलाई तत्काल रोक लगाउने अन्यथा कारबाही प्रक्रिया अघि बढ्ने महानगरले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group