ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार हरेक हिसाबले असफल भइसक्यो : डा. भट्टराई


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   १ : ०३   बजे

काठमाडौं ९ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पाटीका अध्यक्ष डा। बावुराम भट्टराईले मुलुकमा सुशासन, आर्थिक विकास, राजनीति स्थिरता र भ्रष्टाचार नियन्त्रण लगायत सबै हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार धेरै दिन टिक्न नसक्ने उनले ठोकुवा गरे ।

‘जता काफल पाक्यो, उतै चरी नाच्यो जस्तै गरेर, बच्चाले भाँडाकुटी बनाएर भत्काएजस्तो गरी सरकार बनाउने र भत्काउने गर्ने काम मात्रै भयो,’ मालारानी गाउँपालिका–५ बाँगी गुराँसेमा भएको कार्यक्रममा भट्टराईले प्रधानमन्त्री दाहालतर्फ इंगित गर्दै भने, ‘तीन पटक सरकार फेर्दा पनि मुलुकमा थप अस्थिरता निम्तेको छ । बेरोजगारी समस्या झन बढ्दै गयो, अहिले त पढ्नका लागि विद्यार्थीले देश छाडेर जाने स्थिति आयो ।’

दलहरु निजी कम्पनी जस्तै भएको, स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको बताए । केन्द्रमा सरकार परिवर्तन भएपछि स्वयत्ता भनिएको प्रदेश सरकार पनि भताभुंग बनाएपछि स्थिरता नभएको उनको टिप्पणी छ ।

भट्टराइले सरकारले भ्रष्टचारीलाई कारबाही र दण्डित गर्ने भन्दापनि आफ्ना नेतालाई जोगाउने र अरुसँग प्रतिशोध साँध्ने काम गरेको टिप्पणी गरे । वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताए । सरकार भताभुंग पार्नेतिर ध्यान भएकाले देशमा राजनीति स्थिरता, सुशासन देश विकासको मुद्दा कसरी बन्छ भन्नेतिर सरकारको सोच नभएको उनले बताए ।

वर्तमान निर्वाचन र शासकीय प्रणाली छ, यसले स्थितरता दिँदैन, समानुपातिक, समावेशीअनुसार कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित सांसदको व्यवस्था गर्नुपर्ने उनले बताए । जन लोकपाल गठन गरेर जानुपर्ने उनको भनाइ छ । यसो गरिए मुलुकमा तीव्र आर्थिक विकास गर्ने र ३० वर्षभित्र बेरोजगारी मुक्त सहितको समृद्धि नेपाल बनाउन सकिन्छ, उनले भने, एउटा राष्ट्रिय विकास प्राधिकरण बनाएर देशको विकास योजना निर्माण गरेर अगाडी बढ्नुपर्छ । म विकास योजनाको विद्यार्थी पनि हुँ, मैले सघाउँछु।

आफूले वैकल्पिक राजनीति शक्ति बनाउन लागेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu