ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   ४ : ०९   बजे

काठमाडौं ९ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण गर्नुभएको छ । नेवास् राष्ट्रिय मुक्ति मोर्चा नेपालसँग आइतबार हेटौँडामा भएको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पास गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सरकारको मूल कामको रूपमा लैजानका लागि र वार्षिक रूपमा बजेट छुट्याएर जानका लागि ऐन बनाएर काम गर्नुपर्ने उहाँको भनाइ छ । भाषा विधेयक पास गरेर कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले वैशाख २४ गते बाट कार्यान्वयनको घोषणाको तयारी गरिएको बताउनुभयो ।

बागमती प्रदेशमा बहुसङ्ख्यकले बोल्ने तामाङ र नेपाल ९नेवारी० भाषालाई सरकारी कामकाजको रूपमा कार्यान्वयन भएको घोषणा गरिने छ । भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर ११९ स्थानीय तह र ११२१ वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको छ ।

भाषा विधेयक कार्यान्वयन भएर अगाडि गएपश्चात् नयाँ जागरण पैदा गर्ने र धेरै समस्याहरू हल हुने उहाँको विश्वास छ । सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पक्षका रूपमा भाषा विधेयकलाई मुख्यमन्त्रीले औँल्याएका छन् । ‘‘विधेयक तयार गरेर संसद्ले पास गरेर अब कार्यान्वयनमा जार्दै छौँ,’’ उहाँले भन्नुभयो ।

नेपालको सम्पदा र सभ्यताको विकासको मूल पक्ष काठमाडौँ उपत्यकाको नेवा सभ्यता भएको उहाँको भनाइ छ । उहाँले हाम्रो सभ्यताको विकास नै नेवा सभ्यताबाट भएको स्पष्ट पार्नुभयो । नेवा सभ्यतासँग जोडिएका धेरै कुरा धराशायी हुँदै गइरहेको छ, सङ्घीय शासन प्रणालीमा जोडिएसँगै हिजोको सभ्यताको खोजतलास गर्न र विकासका लागि कानुन आवश्यक भएकाले सभ्यता, कलासंस्कृतिको संरक्षण गर्न विना कानुन नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

त्यस्तै संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले भाषा, कला, संस्कृतिलाई जोगाउन, संरक्षण गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सबैको लिपि, भाषा, संस्कृति, परम्परा महत्त्वपूर्ण भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu