ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउँछ : मन्त्री चौधरी


abc tv
१५ बैशाख २०८१, शनिबार   ५ : १३   बजे

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

आध्यात्मिक ज्ञानबाट प्रशिक्षित कुनै पनि व्यक्तिले हानी, नोक्सानी नगर्ने उहाँको दाबी थियो । ‘यदि आध्यात्मिक ज्ञानबाट प्रशिक्षित राजनीतिज्ञ भएमा उसले गर्ने काम कारबाहीहरू र उसले लिने कामको रणनीतिहरू अलिकति समाजलाई सकारात्मक दृष्टिकोणले उत्थान, विकास गर्ने गरी अगाडि बढ्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘हामी आफैबिचमा पनि अन्तर्द्वन्द्वहरू छ । व्यक्ति-व्यक्तिबिचको, समुदायबिचको अन्तर्द्वन्द्व छ । त्यस कारणले यो अनेक चिजलाई ।
हामी मान्छेहरूले नै व्यवहारिक प्रयोग तथा आविष्कारका लागि उत्पादन गरेका छौँ । हामी मान्छेले नै पत्ता लगाएका, आविष्कार गरेका चिजहरूलाई चलाउन नजान्दा । नकारात्मक कुरामा प्रयोग गर्दा । संसार खराब अवस्थामा पुगेको छ ।‘

एकले अर्कालाई कसरी पछाडि पारेर आफू अगाडि जाने भन्ने गलत प्रतिस्पर्धाका कारण समाज केही रूपमा गलत दिशातर्फ गएको हो कि भन्ने लागे पनि ती गलत मान्यता र अभ्यासहरूलाई यस्ता कार्यक्रमहरूले चिर्न सकिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘अहिलेको समाजलाई पनि दृष्टिगत गरेर हेर्दा एकले अर्कालाई पछाडि पारेर कसरी अगाडि बढ्ने भन्ने प्रतिस्पर्धाको कारणले गर्दाखेरि समाजमा दुराभावहरू, दूषित विचारहरू छन् ।‘

मन्त्री चौधरीले समाजमा रहने हरेक व्यक्तिको विचारमा थोरै भए पनि आध्यात्मिक चेतना आउनै पर्ने बताउनुभयो । ‘म राजनीतिक प्रवृत्तिबाट आएको मान्छे हुँ । तरपनि म आफू सँगसँगै अन्यलाई पनि भन्छु, राजनीतिक क्षेत्र, व्यावसायिक क्षेत्र तथा अन्य औद्योगिक क्षेत्रमा । अथवा कृषि तथा जुनसुकै क्षेत्रमा पनि समाजमा रहने हरेक व्यक्तिको विचारमा अलिकति आध्यात्मिक चेतना आउनै पर्छ‘, मन्त्री चौधरीले भन्नुभयो, ‘आध्यात्मिक कुराबारे जानकार व्यक्ति, आध्यात्मिक ज्ञान लिएको व्यक्तिले आफ्नो समाजलाई नकारात्मक दिशातर्फ दोहोर्‍याउँदैन । उसले आफ्नै साथी सर्कल, आफन्त, समाज कसैलाई पनि घात गर्दैन ।‘

आध्यात्मिक सेवा केन्द्र, प्रशिक्षण केन्द्र, आध्यात्मिक मन्दिर, गुम्बा जस्ता धार्मिक सेवा केन्द्रहरूले असल व्यवहार, सकारात्मक व्यवहारहरूको कुरा ल्याउने कामहरूमा तत्पर रहेको बताउँदै उहाँले त्यसलाई सबैले फलो गर्नुपर्ने बताउनुभयो ।

‘हिन्दु सनातनी धर्मले भनोस् कि, बौद्ध धर्मावलम्बीहरूले भनोस् कि इस्लामले भनोस् । यी कुनै पनि धर्मका धार्मिक ग्रन्थहरूले व्यभिचार गरोस् भनेर भन्दैन ।
हत्या, हिंसा गरोस्, अरूको वितण्डा गरेर आफू माथि उठ्ने भन्ने कुरा धर्मले कहिल्यै पनि गर्दैन’, उहाँले भन्नुभयो, ‘त्यस कारण हरेक धर्मले जब सुविचारहरू फैलाउँछ । स्वस्थ विचारहरू फैलाउँछ । सकारात्मक कार्यहरू गर्न भन्छ भने, त्यस्ता चिजहरूमा हामी किन नलाग्ने ?’

शारीरिक रूपमा कमजोर, बिरामीलाई पनि धार्मिक, आध्यात्मिक प्रशिक्षणहरूले सकारात्मक ऊर्जा भर्ने कामहरू गर्ने गरेको उहाँले बताउनुभयो ।

ओम शान्तिको अभियान नेपालभरको मात्र नभएर विश्वभरको खाँचो रहेको बताउँदै उहाँले समुदायलाई सकारात्मक कुराको प्रोत्साहन गर्दै गलत अभ्यास र मान्यताहरू न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

नकारात्मक होडबाजी, प्रतिस्पर्धा भन्दा सकारात्मक प्रतिस्पर्धामा जान सक्ने वातावरण तयार गर्न सकिने मन्त्री चौधरीले बताउनुभयो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका राष्ट्रिय निर्देशक राज दादी माँको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group