ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेस्ट इन्डिजसँग नेपाल ७६ रनले पराजित


एबीसी न्यूज
१९ बैशाख २०८१, बुधबार   ४ : ४१   बजे

काठमाडौं १९ बैशाख । वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो। वेस्ट इन्डिजको जितका लागि जोनसन चार्ल्सले शतकीय पारी खेल्नुभयो। उहाँले ६१ बलमा १३ चौका र सात छक्काको सहयोगमा अविजित एक सय १९ रन बनाउनुभयो।

यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाउनुभयो। फाबिएन एलेनले १९, ओपनर एलिक अथान्जेले १७ रन र किमो पलले अविजित १३ रन बनाउनुभयो। बलिङमा नेपालका सागर ढकाल र करण केसीले एक एक विकेट लिनुभयो।

२२८ रनको लक्ष्य पछ्याएको नेपालका लागि करण केसी र लोकेश बम सर्वाधिक २८–२८ रन जोड्नुभयो। कुशल मल्ल २०, विनोद भण्डारी १९, अनिल शाह १४, कप्तान दीपेन्द्रसिंह ऐरी ७, गुल्सन झा ६, कमलसिंह ऐरी ६, आरिफ शेख ३ रनमा आउट हुनुभयो। नेपालका लागि नटआउट ३ रनमा समेटिए।

नेपालको ब्याटिङ लाइनलाई ध्वस्त बनाउन वेस्ट इन्डिजका लागि हेडेन वाल्शले तीन विकेट लिनुभयो। गुडाकेश मोतीले दुई विकेट लिनुभयो भने फेबियन एलेन

ओबेद म्याक्रो, म्याथ्यू फोर्डले एकएक विकेट लिनुभयो। यो हारसँगै पाँच खेलको सिरिजमा नेपाल २–१ ले पछाडि परेको छ। नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। दोस्रो खेल वेस्ट इन्डिजले १० रनले जितेको थियो। नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group