ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा नेपालीलाई प्रवेशाज्ञा शुल्क नलाग्ने


एबीसी न्यूज
२० बैशाख २०८१, बिहिबार   ११ : ४४   बजे

काठमाडौं २० बैशाख । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ ९नियमित० प्रवेशाज्ञा शुल्क नलिने भएको छ । चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो । नेपाल र चीनबिचको मित्रता प्रवर्धन गर्न तथा कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन साधारणतर्फको भिसा शुल्क नलाग्ने बनाएको दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छङ सङले दुई देशबिचको सम्बन्धलाई प्रवर्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिनुभएको छ ।

अध्यागमन विभागका अनुसार नेपाली नागरिकलाई नियमित भिसा शुल्क नलिने चीन सरकारको निर्णयले आर्थिक व्यापार, शिक्षा र पर्यटन जस्ता क्षेत्रमा नेपालीलाई फाइदा पुग्ने छ । यस निर्णयले नेपालबाट चीनमा पढ्न जाने विद्यार्थी, व्यवसायी र नेपाली पर्यटकको सङ्ख्यामा समेत बढोत्तरी हुने देखिन्छ । चीनले गत महिना मात्रै स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जम्बर्गलाई भिसा शुल्क नलिने निर्णय गरेको थियो ।

यसअघि चिनियाँ दूतावासले नियमित, एक्सप्रेस–१ र एक्सप्रेस–२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित भिसा शुल्क निःशुल्क गरिए पनि एक्सप्रेस–१ भिसाका लागि चार हजार र एक्प्रेस–२ भिसाका लागि दुई हजार सात सय रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै समूहतर्फ एक्सप्रेस–१ को दुई हजार रुपियाँ र एक्प्रेस–२ को एक हजार ३५० रुपियाँ तिर्नुपर्ने हुन्छ ।

नेपालबाट २०७२ चैत १२ गतेको मन्त्रीपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो । पछिल्लो समय नेपाल भित्रिने चिनियाँ पर्यटक बढिरहेका छन् भने नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नेपाल भित्रिने पर्यटकमध्ये भारतपछि दोस्रोमा चिनियाँ पर्यटक रहेका छन् । नेपालबाट भने सन् २०२३ मा छ हजार ९३ जना नेपाली पर्यटनका लागि चीन गएका देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu