ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैदीले अपराध गरेभन्दा अन्य सजाय पाउनुहुँदैन : गृहमन्त्री लामिछाने


एबीसी न्यूज
२० बैशाख २०८१, बिहिबार   ३ : ०५   बजे

काठमाडौं २० बैशाख । उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले कारागारमा रहेका कैदी बन्दीहरूले अपराध गरेभन्दा अन्य थप सजाय पाउन नहुने बताउनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं। ३ स्थित नौबस्ता कारागारको बिहीबार उद्घाटन गर्नुहुँदै गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो ।

“कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीहरूले उनीहरूले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप केही पनि सजाय पाउनुहुँदैन ।,” गृहमन्त्री लामिछानेले भन्नुभयो, “अपराधीले अपराध गरेकोभन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुन्छ ।”

गृहमन्त्री लामिछानेले कैदी बन्दीहरूले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझैपनि समाजले स्वीकार गर्न नसकेको बताउँदै पारिवारिक तथा सामाजिक जीवन बिताउनका लागि परिवार तथा समाज सचेत बनी मानसिकरुपमा परिवर्तन हुनुपर्ने बताउनुभयो ।

 

“कारागारलाई यातना गृहकारुपमा नभई सुधार गृहकारुपमा रूपान्तरण गराउन जरुरी छ ।” उहाँले भन्नुभयो, “कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्नका लागि गृह मन्त्रालय र सरकार सचेत छ, सुधार गर्नुपर्ने कामहरू धेरै छन्, ती कामहरू पूरा गर्नका लागि छिटोभन्दा छिटो हामी काम गर्दैछौं ।”

गृहमन्त्री लामिछानेले कैदी बन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुनेमा सरकार गम्भीर रहेको बताउनुभयो । “कैदीको कैद मिनाहा माफीमा कुनै विभेद हुनुहुँदैन, आवाज र पहुँच भएको आधारमा होइन असल आचरण र कानुनले तोकिएको मापदण्ड पूरा गरेको जोसुकै कैदी बन्दीहरू नियमानुसार छुट्नुपर्छ, यो उनीहरूको अधिकार हो ।” उहाँले भन्नुभयो ।

आर्थिक चलखेल र राजनीतिक दबाबबाट माफी मिनाहाका लागि सिफारिस आइरहने आफूसँग गुनासो आउने गरेको भन्दै उहाँले मातहतका निकायलाई यस्तो किसिमको सिफारिस नगर्न निर्देशनसमेत दिनुभयो । “आर्थिक चलखेल र राजनीतिक दबाबबाट माफी मिनाहाका लागि सिफारिस आउने गरेको गुनासो सुनेको छु, आइन्दा यस्तो नहोस् ।,” उहाँले भन्नुभयो, “कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नहोस्, अमानवीय गतिविधि नहोस्, आपराधिक क्रियाकलाप नहोस्, नागरिकलाई अनुभूति हुने गरी छिटो छरितोरुपमा काम गर्न मातहतका निकायलाई निर्देशन गर्दछु ।”

२०७९ मङ्सिरमा निर्माण सम्पन्न गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० जना कैदी बन्दीहरू रहेका छन् । तीन हजार कैदी बन्दी राख्न मिल्ने क्षमताको उक्त कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको कामअन्तर्गत भवन निर्माण गरिएको छ । पहिलो, दोस्रो र तेस्रो चरण अनुसार काम सम्पन्न गर्नेगरी भौतिक संरचना निर्माण गरिने कारागार विभागले जनाएको छ । सुविधा सम्पन्न नौबस्ता कारागारको उद्घाटन भएसँगै देशैभरका कैदी बन्दीहरू कारागारहरूमा कोचाकोच गरेर बस्नु पर्ने बाध्यताको अन्त्य हुने आशा गरिएको छ, देशभरबाट कैदी बन्दीहरूलाई यहाँ स्थानान्तरण गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group