ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेस्ट इन्डिजविरुद्ध कप्तान पौडेलको अर्धशतक


एबीसी न्यूज
२० बैशाख २०८१, बिहिबार   ३ : १२   बजे

काठमाडौं २० बैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाउनुभएको छ। यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाउनुभएका पौडेलले चौथो खेलमासमेत अर्धशतक बनाउनुभएको हो।

३४ बल खेल्दै कप्तान पौडेलले ५३ रन बनाउनुभएको हो। उहाँले दुई छक्का र छ चौकाको मद्दतमा अर्धशतक बनाउनुभएको हो।

शनिबार भएको पहिलो खेलमा उहाँले शतकीय इनिङ खेल्नुभएको थियो। उहाँले ५४ बल खेल्दै ११२ रन बनाउनुभएको थियो। आइतबार भएको दोस्रो खेलमा नटआउट ७१ रन बनाउनुभएका पौडेललाई तेस्रो खेलमा भने आराम दिइएको थियो। चौथो खेलमा बिहीबार अर्धशतक बनाउनुभएको हो।

दुई सय १० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरको समाप्तिमा चार विकेट गुमाएर सय रन बनाएको छ। क्रिजमा कप्तान पौडेल र दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ९ रन बनाएको हो

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाउनुभयो। यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाउनुभयो। बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिनुभयो।

पाँच खेलको सिरिजमा अहिले वेस्ट इन्डिज ‘ए’ २–१ ले अगाडि छ। नेपाल पहिलो खेलमा चार विकेटले विजयी भएको थियो। दोस्रो खेल वेस्ट इन्डिजले १० रन र तेस्रो खेल ७६ रनले जितेको थियो। नेपाल आज जित निकाल्दै सिरिज बराबर गर्ने अभियानमा छ। वेस्ट इन्डिज ‘ए’ अन्तिम खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ।

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो। विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group