ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हार, १ खेलअगावै नेपालले गुमायो शृंखला


एबीसी न्यूज
२० बैशाख २०८१, बिहिबार   ४ : ४४   बजे

काठमाडौं २० बैशाख । पाहुना टोली वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हार व्यहोरेसँगै घरेलु टोली नेपालले पाँच खेलको टी२० शृंखला गुमाएको छ।

बिहीबार भएको शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भएपछि नेपालले घरेलु मैदानमा भएको शृंखला एक खेलअगावै गुमाएको हो।

पाँच खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’ले ३–१ ले जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ।

 

पहिलो खेलमा ४ विकेटले जित निकालेको नेपालले त्यसयता लगातार तीन खेलमा पराजित भएको छ। शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो।

शृंखलाको अन्तिम तथा पाचौँ खेल शनिबार हुनेछ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट भयो।

नेपाली टोलीका कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।

सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरी समान १९ रन बनाउँदा क्याच आउट हुन पुगे। सोमपाल कामी १० रन बनाउँदा आउट भए।

ओपनर आशिफ शेख शुन्य र कुशल भुर्तेल १ रनमा बोल्ड आउट भए। कुशल मल्लले ४ रन बनाउँदा क्याच आउट भए। प्रतिश जिसी शुन्य रनमा पेभेलियन फर्के।

नेपाललाई कम स्कोरमा रोक्न म्याथु फोर्डले ३ विकेट लिए। फाबियन एलियन, हेडन वेल्सले समान २ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको हो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे। फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।

जोनसन चाल्र्स ५८ रन बनाउँदा क्याच आउट भए। ३० बलमा ३ चौका र ६ छक्का हानेका जोनसन कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए।

केसी कार्टी ४ रन बनाउँदा कुशल भुर्तेलकै बलमा ४ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट भए।

ओपनर एलिक अथानाजे ५ रन बनाउँदा प्रतिश जिसीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। प्रतिश जिसीले १ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu