ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी सातापछि पानी पर्ने सम्भावना देखिएकाले डढेलोबाट केही राहत मिल्ने


एबीसी न्यूज
२१ बैशाख २०८१, शुक्रबार   १० : ५१   बजे

काठमाडौं, २१ वैशाख । चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ ।जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने बताइन् । ‘अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुन्छ,’ उनले भनिन् ।यस वर्षको अप्रिल महिना सन् १९०१ पछिकै गर्मी महिनाको रुपमा विश्वमा दर्ज भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । नेपालमा पनि प्रचण्ड गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण रुपन्देहीमा दुई दिन विद्यालय बन्द गरिएको छ ।

राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल आइतबारपछि पानी पर्ने सम्भावना रहेको र त्यसबाट डढेलो नियन्त्रणमा सहयोग मिल्नेमा आशावादी छन् । आइतबारपछि पानी पर्ने सम्भावना देखिएकाले डढेलोबाट केही राहत मिल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu