ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दम्पती हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक


एबीसी न्यूज
२१ बैशाख २०८१, शुक्रबार   ११ : १२   बजे

काठमाडौं २१ बैशाख । म्याग्दी सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहका जिसी दम्पती हत्यामा संलग्न अभियुक्त दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

१ महिनाको लामो अनुसन्धान पछि ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ वर्षीया गमला जिसीको हत्यामा संलग्न अभियुक्तहरु पर्वत जिल्ला जलजला गाउँपालिका–२,नेपाने बस्ने ३२ वर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुस्मा नगरपालिका–२,खुर्कोट घर भई जलजला गाउँपालिका–२,बौरमा दीपक दर्जीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । दर्जी हाल पोखरा स्थित नयाँ बजारमा डेरा गरी बस्दै आएका थिए ।अभियुक्त एक जनालाई प्रहरीले पर्वतको मल्लाजबाट र अर्का एक जनालाई पोखराबाट मङ्गलबार पक्राउ गरेको थियो ।

प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुसालका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लाली गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो । जिसी दम्पतीको १९ चैत राती करिब १० बजेको समयमा हत्या भएको थियो । यसै गरी प्रहरीले हत्यामा संलग्नहरूले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा संलग्न भएका थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ ।पर्वत जिल्ला जलजला गाउँपालिका–१,घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका– २५, हेम्जामा डेरा गरेर बस्ने वर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका–७ घर भई बागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ । हत्यामा संलग्न विक र दर्जीको चिनजान केही समयअघि भएको थियो । उनीहरू दुवै जिप चलाउने क्रममा चिनजान भएका साथीहरू हुन् । आर्थिक स्थिति कमजोर भएको, लागू औषध दुर्व्यसनी, वैदेशिक रोजगारमा समेत असफल भएकोलगायतका कारण उनीहरूले विगत एक वर्षदेखि गाउँ घरका महिला तथा वृद्धवृद्धालाई लक्षित गरेर लुटपाट गर्ने मनसाय रहेको पाइएको छ ।

चैत १८ गते उनीहरू मृतक दम्पतीको घरमा गएर रेकी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । सोही योजना बमोजिम नै राती करिब १० बजे दम्पतीको पसल भएको घरमा पुगेर चुरोट किन्ने निहुँमा लुटपाट गर्ने क्रममा लाठी, लात्ती, हँसिया प्रहार गरेर जिसी दम्पतीको हत्या गरेको डिएसपी खुमलाल भुसालले बताउनुभयो ।हत्या गरेर भाग्ने क्रममा बिहान करिब ५ बजेको समयमा मालढुङ्गाबाट बस चढेका उनीहरू पोखरा पुगेर लुटपाट भएको सुन र नगद बाँडफाँट गरेका थिए । यो हत्याकाण्ड पत्ता लगाउन करिब दुई हजारभन्दा बढी व्यक्तिसँग प्रत्यक्ष रूपमा सोधपुछ गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu