ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै- कांग्रेस


एबीसी न्यूज
२३ बैशाख २०८१, आइतबार   १ : ५८   बजे

काठमाडौं २३ बैशाख । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री केदार कार्कीलाई नै दिएको छ ।

एमाले र माओवादीले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । त्यसअघि आइतबार बिहान पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिएको बताए । ‘मुख्यमन्त्री ज्यूले आफूले स्वविवेकमा राजनीतिक निर्णय लिनुहुन्छ कि संवैधानिक निर्णय गर्नुहुन्छ उहाँलाई हामीले छोडेका छौं,’ प्रमुख सचेतक तामाङले भने ।

मुख्यमन्त्रीलाई स्वच्छ अधिकार भएको बताउँदै उनले भने, ‘उहाँले संवैधानिक बाटो रोज्नुहुन्छ भने पनि हामीले सपोर्ट गरेर जानुपर्छ दलको नाताले र उहाँले भोलि २५ गतेभित्र कुनै राजनीतिक बाटो अवलम्बन गर्नुहुन्छ भने पनि हामीले सपोर्ट गर्नुपर्ने हुन्छ ।’

प्रमुख सचेतक तामाङले कांग्रेस नेतृत्वको वर्तमान सरकार जोगाउन उच्चतम प्रयास जारी राख्ने बताए ।

‘२५ गतेसम्म अवधि छ विश्वासको मत लिने भनेर । त्यसकारण कांग्रेसले आफ्नो नेतृत्वको सरकार टिकाउनका लागि उच्चतम प्रयास जारी राख्छ,’ उनले भने, ‘संविधानलाई समाएर जे–जे निर्णय गर्न सक्छौं, त्यो गर्छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group