ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली


एबीसी न्यूज
२७ बैशाख २०८१, बिहिबार   १ : ४२   बजे

काठमाडौं २७ बैशाख । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार प्रहरीलाई देखेर लागूऔषध कारोबारी भाग्न खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो ।

गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी डाँगीले बताउनुभयो ।

परियारको तिघ्रामा गोली लागेको छ भने उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै, सोही ठाउँका २७ वर्षीय शरणबहादुर कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ खुला कारागार नजिक लागूऔषधको ठुलो कारोबार भइरहेको भन्ने सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई देखेर कारोबारी भाग्न खोजेका थिए ।

प्रहरीलाई देखेर भाग्न लागेका कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका लागूऔषध कारोबारीका साथबाट प्रहरीले ११४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ । खुला सीमानाका कारण बाँके जिल्लामा भारतबाट लागूऔषध भित्रिने र बाँके बर्दियालगायत विभिन्न पहाडी जिल्लामासम्म पुर्‍याउने गरिएको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group