ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमाल आरोहणका लागि सँगसँगै रुस र युक्रेनका आरोही


एबीसी न्यूज
२८ बैशाख २०८१, शुक्रबार   १२ : ५२   बजे

काठमाडौं २८ बैशाख । अहिले रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । तर त्यहाँका नागरिक मित्रवत् व्यवहारसहित एउटै समूहमा रहेर नेपालका हिमाल आरोहणका लागि आधार शिविरमा अभ्यासरत छन् । चालु वसन्तयाममा सगरमाथा, कञ्चनजङ्घा ९प्रमुख०, अन्नपूर्ण पहिलो, मनासलु, ल्होत्सेलगायतका हिमाल आरोहणका लागि रुसका ४६ र युक्रेनका २३ जना आरोही आधार शिविरमा आरोहण तयारीमा छन् । जसमध्ये रुसका ११ महिला र ३५ पुरुष तथा युक्रेनका आठ महिला र २३ पुरुष छन् ।

पर्यटन विभागका अनुसार आरोहण तयारीमा रहेकामध्ये कञ्चनजङ्घा आरोहण तयारी गरिरहेकी रुसी महिला आरोही नेतृत्वको टोलीमा युक्रेनका दुई पुरुष र एक रुसी महिला छन् । विभागका एक अधिकारीले भन्नुभयो, “रुसी महिला आरोही एलिना पेकोभा नेतृत्वमा कञ्चनजङ्घा आरोहण तयारी गरिरहेको १५ जना आरोहीको एक समूह अहिले आधार शिविरमा छ । उक्त समूहमा इगोर कुसनिर र ओलेग इभान्चेको नाम गरेका दुई युक्रेनका पुरुष आरोही र एला मिसहिना नाम गरेकी एक रुसी महिला आरोही मित्रवत् व्यवहारसहित सँगसँगै आरोहण तयारी गरिरहेका छन् ।”

यसअघि सन् २०२२ को वसन्तयामको सगरमाथा आरोहणमा युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना विश्व शान्तिको कामना गर्दै सगरमाथा आधार शिविर पुग्नुभएको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिएका आरोहीमध्ये रुसी महिला आरोहीले नेतृत्व गरेको एक समूहमा १३ पुरुष र एक महिलाले आरोहण तयारी गरिरहेका छन् । त्यस्तै युक्रेनका पुरुष आरोहीले नेतृत्व गरेको अर्को समूहमा तीन पुरुष र एक महिला आरोही रहेको विभागले जनाएको छ ।

सगरमाथा आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयका प्रमुखका खिमलाल गौतमका अनुसार सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका रुस र युक्रेनका आरोही आरोहण अभ्यासका लागि पहिलो र दोस्रो शिविरतर्फ उक्लेका छन् ।

पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ६२ देशका ४१४ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष रहेका छन् । अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि ४७८ आरोहीले अनुमति लिएका थिए, जुन अहिलेसम्मकै सर्वाधिक हो ।

यस वर्ष सगरमाथासहित ३० हिमाल आरोहणका लागि ११२ आरोही समूहका ९७१ आरोहीले अनुमति लिएका छन् । उक्त हिमाल आरोहणको अनुमतिबापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रुपियाँ रोयल्टी जम्मा भएको छ । जसमध्ये सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख पाँच हजार ९४९ रुपियाँ रोयल्टी उठेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group