ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँमा १४ हजारभन्दा बढी बालबालिकालाई खोप लगाइने


एबीसी न्यूज
८ जेष्ठ २०८१, मंगलबार   १२ : ०७   बजे

काठमाडौं ८ जेठ । तनहुँमा यस वर्ष १४ हजारभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । यही जेठ १४ देखि २८ गतेसम्म गरी दुई चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

पहिलो चरण जेठ १४ देखि २० गतेसम्म व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिक, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकाका ३८ वटा वडामा खोप लगाइने छ । दोस्रो चरणमा जेठ २२ देखि २८ गतेसम्ममा भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, र घिरिङ गाउँपालिकाका ४७ वटा वडामा खोप लगाइने छ ।

कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा दुई सय ९० खोप केन्द्र निर्धारण गरी चार सय ६५ जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा।विद्या तामाङले जानकारी दिनुभयो । जिल्लाका १० वटा पालिकामा १४ हजार चार सय ६५ बालबालिकालाई खोप लगाउन आवश्यक तयारी थालिएको उहाँले बताउनुभयो ।

खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ । सोहीअनुसार तनहुँमा पनि यो अभियान सञ्चालन गरिएको डा।रामु शर्माले बताउनुभयो । स्वास्थ्य कार्यालयले मङ्गलबार खोप समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला निकायसँग पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमसम्बन्धी अन्तरक्रियासमेत आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागीले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख वासुदेव थापाले जनचेतनाको अभावले बालबालिका छुट्न सक्ने हुँदा खोपको महत्त्वको बारेमा प्रचार प्रसारमा गरिनु आवश्यक रहेको बताउनुभयो ।

नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मुलन गर्ने सरकारको रणनीतिक योजना छ । पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group