ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीको प्रदेशसभा बैठक कांग्रेसले बहिस्कार गर्ने


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   १२ : १७   बजे

काठमाडौं १३ जेठ । कोशी प्रदेशसभा बैठक आज बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएपछि ३१ वैशाखबाट स्थगित प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित हुने बताएको छ । ३१ वैशाखमा मुख्यमन्त्रीले विश्वासको मत लिएको बैठकमा पनि कांग्रेस अनुपस्थित भएको थियो ।

कोशी प्रदेशको सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले बैठकमा सहभागी नहुने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको ३० दिनपछि स्वतस् पदमुक्त भएपछि प्रदेश प्रमुखले हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री केदार कार्की २७ वैशाखमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर र आफ्नो निरन्तरताको मागसहित सर्वोच्च पुगेका थिए । उनले दायर गरेको रिटको तेस्रो पेसी १६ जेठमा छ । नेपाली कांग्रेसले १६ जेठमा रिटको किनारा लाग्ने भएकाले सो दिनसम्म बैठक सार्न आग्रह गर्ने र सार्न नमाने अनुपस्थित हुने निर्णय भएको प्रमुख सचेतक तामाङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu