ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६ सार्वजनिक संस्थान नाफामा, तीनको कारोबार शून्य


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   ३ : ५४   बजे

काठमाडौं १३ जेठ । नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेको पाइएको छ ।

अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष ९आव० २०७९र८० मा २६ संस्थान नाफामा देखिएका छन् । १५ वटा संस्थान घाटामा देखिएका छन् । ३ वटा संस्थानको कारोबार शून्य रहेको छ । संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ ।

आर्थिक वर्ष २०७८र७९ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा समेत वृद्धि भएको छ । यस आवमा संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ । यसरी आयको उच्च वृद्धि हुनुमा नेपाल आयल निगम उच्च दरले नाफामा जानु मुख्य कारण मानिएको छ । अघिल्लो वर्ष निगम ३८ अर्ब १७ करोड घाटामा रहेको निगम गत वर्ष भने ११ अर्ब ७२ करोड नाफामा रहेको छ ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८।६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको पाइएको छ । सार्वजनिक संस्थानहरूको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu