ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाका फिर्ता उमेद्वार सर्वोच्चको ढोकामा


admin
११ फाल्गुन २०७४, शुक्रबार   ५ : ०९   बजे

काठमाडौं, ११ फागुन । देउवा नेतृत्वको सरकारबाट मनोनित भएका तर राष्ट्रपतिबाट सिफारिस नभएका तीन राष्ट्रियसभाका उमेद्वारले सर्वोच्चमा रिट दायर गरेका छन् ।

राष्ट्रियसभामा कांग्रेसबाट सिफारिस गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलले आफूहरुको नाम फिर्ता लिने केपी ओली नेतृत्व सरकारको निर्णय असंवैधानिक भएकाले खारेज गर्न माग गर्दै शुक्रबार रिट दायर गरेका हुन्।

बस्नेत, जोशी र पौडेलको नाम फिर्ता लिएर ओली सरकारको नेतृत्वमा युवराज खतिवडा, विमला पौडेल र रामनारायण बिडारीलाई सिफारिस गरेर राष्ट्रपतिबाट स्वीकृतसमेत भइसकेको छ।

ओली सरकारले ८ गते बिहान सिफारिस गरेको नाम केही घण्टामै राष्ट्रपतिबाट स्वीकृत भएको थियो। तर, देउवा नेतृत्वको सरकारले माघ २५ गते गरेको निर्णय अड्किएको थियो। रिटमा राष्टपति र प्रधानमन्त्रीबाट संविधानको उल्लंघन भएको जिकिर गरिएको छ।

देउवा नेतृत्वको सरकारले गरेको सिफारिस धेरै दिनसम्म रोकिने तर केपी ओली नेतृत्वको सरकारले गरेको सिफारिस छिनभरमै स्वीकृत हुनुले राष्ट्रपति विद्यादेवि भण्डारीले अनुहार हेरेर व्यवहार गरेको जिकिर गरिएको छ। निवेदनमा राष्ट्रपति र प्रधानमन्त्रीबीच संवैधानक सम्बन्ध हुनुपर्ने कायम गर्न माग गरिएको कृष्ण पौडेलले जनाकारी दिए।

राष्ट्रियसभाका ५६ जना सदस्यको चुनाव देउवा नेतृत्वको सरकारले गरेकाले मनोनीत गर्ने दायित्व पनि उसैको भएको दाबी गर्दै आफूहरुको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरिएको छ।

साथै पुरानै सरकारको निर्णय अनुसार प्रत्यार्थीको नाममा परमादेश र मुद्दाको अन्तिम टुंगो नलागेसम्म सपथ गर्न नगराउन विपक्षीको नाममा आन्तरिम आदेश समेत माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group