ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसका नवनियुक्त मुख्यमन्त्रीको घोषणा: लगानी सम्मेलन र रंगशाला निर्माण गर्ने


एबीसी न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार   ४ : ०५   बजे

काठमाडौं २५ जेठ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेका छन्।

शुक्रबार मधेस प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

‘दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने। मधेसमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरूको दुर्घटना बीमा गर्ने। मधेसको खेल क्षेत्रलाई गतिशिल बनाउन प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने। प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने,’ उनले भने।

 

उनले सहिद तथा घाइते परिवारहरूका लागि प्रतिष्ठानबाट ठोस निर्णय गरेर अघि बढ्ने पनि बताए।

मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने पनि घोषणा मुख्यमन्त्री सिंहले गरे।
मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने, मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने उनले बताए।

‘सहिद तथा घाइते परिवारहरुको विषयमा जुन हाम्रो प्रतिष्ठान छ। त्यो प्रतिष्ठानबाट उहाँहरूको निम्ति ठोस निर्णय गरेर अघि बढ्नेछौँ। मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने,’ उनले भने, ‘मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने।

मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने। वैदेशिक रोजगारबाट सिप सिकेर फर्किएका जनशक्तिको लागि निर्माण गरी श्रम बैंकका रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने।’

उनले मधेसमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरुको दुर्घटना बीमा गर्ने घोषणा गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

संस्थापनइतर समूहको कार्यालयमा दोस्रोपटक पुगे देउवा, महाधिवेशनबारे छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu