ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले एउटा गाडी जलाए, ५ वटा तोडफोड


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   १२ : २६   बजे

काठमाडौं २७ जेठ । नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले एउटा गाडी जलाए, ५ वटा तोडफोडमोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् ।

आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका हुन् । विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली(८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्दै नगरप्रहरीमाथि हातपात गरेको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरु सबै नेविसंघका हुन् ।

विद्यार्थी पक्राउको विरोधमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीले शुक्रबार दिउँसो कोशी राजमार्ग केही समय अवरुद्ध गरेका थिए ।

आइतबार बिहान प्रदर्शन गरेका विद्यार्थीले महेन्द्र मोरङ कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरे, ड्राइभर गाडीबाट निस्किएपछि आगजनी गरे । आजगनीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए । कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १(००१ ञ २७०१, प्रदेश १(००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए । तोडफोडबाट गाडी फुटेको शिशा फुटेको छ ।

रंगेलीमा निजी विद्यालयले मनोमानी शुल्क लिएको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते नेविसंघले ज्ञापन पत्र बुझाएका थिए । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूह बिहीबार हातपातमा उत्रिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई पक्राउ गरेको थियो । दीपक नेविसंघबाट महेन्द्र मोरङ स्ववियु सदस्य निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विचार मिल्ने शक्तिहरूसँग एकता र सहकार्य आवश्यक: प्रचण्ड

महेश्वरभक्त श्रेष्ठको नियुक्ति खारेजी : सरकारको निर्णय प्रक्रियामाथि प्रश्न

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu