ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारलाई गृहमन्त्री लामिछानेले भने– तपाईंका आफ्ना प्रश्नहरु भइदिए हुन्थ्यो


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   १२ : ३७   बजे

काठमाडौं २७ जेठ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने बताएका छन् । तर हरेक आरोपको जहाँ पायो त्यहीँ जवाफ नदिने उनले बताए ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुका जिज्ञासामा मन्त्री लामिछानेले विपक्षी नेपाली कांग्रेसले लगाएका आरोपबारे जवाफ दिनुपर्ने ठाउँमा दिने बताए ।

नेपाली कांग्रेसले सहकारीको ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेर संसदमा अवरोध गरिरहेको बेला यही जेठ ६ गतेको प्रतिनिधि सभा बैठकमा जवाफ दिएका छन् । मन्त्री लामिछानेले कांग्रेस नेताहरुलाई लक्षित गरी रातो पासपोर्ट दुरुपयोग, देशका सूचना चुहाएको, टीकापुरको सार्वजनिक जग्गा हिनामिना तथा वाइडबडी र नक्कली भुटानी शरणार्थी प्रकरणका कुरा गरेका थिए । त्यसमा आपत्ती जनाउँदै कांग्रेसले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको थियो ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुले कांग्रेसले जवाफ मागिरहेको भन्दै गृहमन्त्री लामिछानेको प्रतिक्रिया मागेका थिए । त्यसमा मन्त्री लामिछानेले भने, ‘जवाफ दिनुपर्छ भनेर प्रतिपक्षले भनेको थाहा भएन । जवाफ दिनुपर्ने ठाउँमा दिँदै आएको हो, दिनुपर्ने भए दिउँला ।’

आफूले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा कसैको नाम नलिएको बरु सञ्चार माध्यममा आएका कुराहरुमात्र गरेको उनले बताए ।

देशका आन्तरिक सूचना चुहाउनेहरुमाथिको अनुसन्धान कहाँ पुग्यो भनेर सोधिएको प्रश्नमा उनले त्यो भन्ने कुरा नभएको बताए । ‘कारबाही अनुसन्धानको विषय कहाँ पुग्यो भन्ने कुरा त्यसको प्रक्रिया भइरहँदा भन्ने कुरा होइन,’ मन्त्री लामिछानेले भने, ‘अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै भन्दै गइन्छ र रु

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले हालै इन्स्टाग्राम भिडियोमा मन्त्री लामिछानेमाथि गरेका टिप्पणीको विषयमा सोधेका प्रश्नको जवाफ पनि उनले दिएनन् ।

उनले पत्रकारहरुलाई अरुका भन्दा आफ्ना प्रश्न सोध्न आग्रह गर्दै थप समय नखर्चिने बताए । ‘अरु प्रश्नहरु पनि छन् होलान् नि साथीहरु,’ उनले भने, ‘तपाईंहरुका आफ्ना प्रश्नहरु पनि भइदिए हुन्थ्यो, कसैले खडा गरिदिएको प्रश्न महिनौंसम्म सोधिरहनु भन्दा‘।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group