ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणलाई विद्युत स्वामित्व हस्तान्तरण


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   १ : १५   बजे

काठमाडौं २७ जेठ । सामुदायिक स्तरबाट वितरण गरिएको विद्युतको स्वामित्व हस्तान्तरण गरिएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–७ स्थित, जलेश्वरी सामुदायिक विद्युत सहकारी संस्थाबाट वितरण भइरहेको विद्युतको स्वामित्व नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

२०७४ सालमा स्थापना भएको सामुदायिक संस्थाले थाहाको महादेव खर्क, छाप क्षेत्रमा एक सय १३ घर धुरीमा संस्थामार्फत विद्युतिकरण भएको थियो । संस्थाले एक कार्यक्रमको आयोजना गरेर विद्युत संरचना र स्वामित्व नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरेको छ । थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट आदर्शले हस्तान्तरण कार्यक्रममा बोल्दै थाहा नगरपालिका सहित उत्तरी मकवानपुरमा दिगो र भरपर्दो विद्युत सेवा दिन पालुङ वितरण केन्द्रले धादिङ, ललितपुरबाट विजुलीको स्रोत जोडिसकेको र हेटौँडा तथा किर्तिपुरबाट पनि जोड्ने प्रयास भईरहेकोले उक्त कार्यले नगरमा दिगो विजुली प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले विद्युत सेवालाई दिगो र भरपर्दो बनाउन कार्ययोजना बनाई काम भई रहेको जानकारी दिनुभयो । तत्कालीन अवस्थाको आवश्यकता अनुसार सामुदायिक संस्था मार्फत विद्युत सेवा विस्तार भएको भए पनि अहिलेको जनचाहाना विद्युत प्राधिकरणबाटै सेवा लिने देखिएकाले समुदायिक संस्थाबाट प्राधिकरणले स्वामित्व लिएको र अब सेवा तथा सुधार प्राधिकरणले गर्ने बताउनुभयो ।

कार्यक्रममा थाहा नगरपालिकाका पूर्व प्रमुख लवशेर विष्टले थाहा नगरपालिकाको आग्रा क्षेत्रमा विद्युत विस्तारकोलागि तत्कालीन आवश्यकता सामुदायिक विद्युतिरणनै देखेर जनताको स्वामित्वको संस्था बनाई विद्युतिरण गरिएको स्मरण गराउनु भएको थियो ।

कार्यक्रममा विद्युत स्वामित्व हस्तान्तरण प्रक्रियामा सहज सहजीकरण र प्रयास गर्नु भएको भन्दै पालुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेलाई संस्थाले सम्ममान गरेको छ । थाहा नगरपालिका प्रमुख विष्णु विष्ट आदर्शले प्रमुख न्यौपानेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । सामुदायिक संस्थाबाट वितरण भईरहेको विद्युत सुधारको प्रतिवद्धता र सामुदायिक संस्थाबाट स्वामित्व हस्तान्तरणमा प्रमुख न्यौपानेले निरन्तर गर्नु भएको अविभावकत्व र सकारात्मक प्रयासको प्रशंसा गर्दै सम्मान गरिएको सामुदायिक संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group