ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र प्राप्तिपछि मुलुक विकास र समृद्धिको बाटोमा : रक्षामन्त्री उप्रेती


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   ४ : १३   बजे

काठमाडौं २७ जेठ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ । गणतन्त्र दिवस(२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले गणतन्त्रपछिको उपलब्धि राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गर्नुभयो ।

“गणतन्त्रको उपलब्धिलाई प्रदर्शित तस्बिरले चित्रित गरेको छ । यसले व्यवस्थाप्रतिको विश्वास र भरोसा जगाएको छ”, रक्षामन्त्री उप्रेतीले भन्नुभयो, “अहिले भइरहेका कामलाई छोपेर धमिलो पानीमा माछा मार्न सकिन्छ की भन्ने गतिविधि भएका थिए । अब, यी कुराहरु जनतामाझमा गएपछि तथा भइरहेका कामको परिणाम आएपछि गणतन्त्र ठीक थियो कि थिएन भन्ने कुरा पुष्टि भइसकेको छ । गणतन्त्रपछिका उपलब्धिलाई राससले तस्बिरमार्फत उजागर गरेकामा धन्यवाद दिन चाहन्छु ।”

गणतन्त्र जनताका पक्षमा रहेको र जनताको विश्वास जित्ने गरी काम भइरहेको उल्लेख गर्दै रक्षामन्त्री उप्रेतीले भइरहेका कामलाई प्रोत्साहित गर्दै जनताका पक्षमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्पन्न भइसकेका बाँकी कामलाई पनि समेटेर जनतालाई आशा जगाउने कार्यमा सबै जिम्मेवार भएर लाग्नुपर्छ ।” मन्त्री उप्रेतीले व्यवस्था परिवर्तन गरेर मात्रै मुलुक विकास र समृद्धिको दिशामा अगाडि बढ्न सक्दैन उल्लेख गर्दै सुरु गरिएका परियोजना समयमै सम्पन्न गर्ने हो भने अब, मुलुक बन्न एक दशक पनि नलाग्ने ठोकुवा गर्नुभयो ।

उहाँले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका द्रुतमार्ग समयमै सम्पन्न गर्न आफूले पहलकदमी लिने बताउनुभयो । उहाँले भन्नुभयो, “द्रुतमार्ग निर्माणमा देखिएका कानुनी उल्झन, कोरोना महामारीलगायत विषयले जेलिएको थियो । अहिले राष्ट्रिय गौरबका आयोजनामा विशेष व्यवस्था गरेर चाँडो सम्पन्न गर्नेतर्फ सरकार अग्रसर रहेकाले सञ्चालित आयोजनालाई गति दिएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन सरकार प्रतिबद्धताका साथ लागेको छ ।” मन्त्री उप्रेतीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रधानसम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराउनुभएको थियो ।

यही जेठ १० गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । वि।सं।२०७२ मा गएको ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group