ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तोकिएकै मितिमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ : मन्त्री श्रेष्ठ


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   ११ : ५०   बजे

काठमाडौं २८ जेठ । आगामी मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।

उक्त टोलीले सोमबार बिहान वीरेन्द्रनगर स्थिति निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णालीले पहिलो पटक यतिठुलो संरचना बनाइरहेको भन्दै प्रशंसा गर्नुभयोे ।

‘‘कर्णालीले जमर्को गरेर १०औँ राष्ट्रिय खेलकुदलाई महोत्सव मनाउन अपिल गर्दछु,’’ उहाँले भन्नुभयोे, ‘‘यही अवस्थामा खेलकुद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ । तर म भन्छु यो प्रश्न नै गलत छ । १० औँ राष्ट्रिय हुन्छ, गर्नुपर्छ ।’’

मन्त्री श्रेष्ठले २०८१ मङ्सिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परामर्शका लागि सुर्खेत पुगेर रङ्गशालाको अवलोकन गर्दै तयारीमा जुटेको बताउनुभयो । संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो । तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ । उहाँले कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकताका लागि नैनसिंह महरद्वारा प्रस्तुत तीन विकल्प

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती विस्तार गर्ने सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu