ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डा- एमालेलाई अर्थ, माओवादी लाई सामाजिक विकास


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   १२ : ०३   बजे

काठमाडौं २८ जेठ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको ५२ दिनपछि दीर्घ सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार, केहीबेरमा बस्ने सत्तारुढ गठबन्धनको संयुक्त बैठकपछि आजै सरकार विस्तार गर्नेगरी तयारी थालिएको छ।

नेकपा एमाले र माओवादी केन्द्रसहितको सहभागीतामा मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

जस अनुसार एमाले र माओवादीका तीनरतीन जना मन्त्री बन्ने भएका छन्।  एमाले तयार नभएकै कारण मुख्यमन्त्री नियुक्त भएको ५१ दिन बितिसक्दा पनि दीर्घ सोडारीले सरकार विस्तार गर्न पाएका थिएनन्। एमाले नगएपछि माओवादी पनि प्रदेश सरकारमा सहभागी हुन रोकिएको थियो।

स्रोतका अनुसार, एमालेले अर्थ मन्त्रालय र माओवादीले सामाजिक विकास मन्त्रालय लिनेगरी सहमति जुटिसकेको छ। यद्यपि अहिले बस्ने संयुक्त बैठकपछि अन्य मन्त्रालय पनि टुंगो लाग्नेछ।

तर, यसअघि माओवादीले अर्थ मन्त्रालय दाबी गरेको थियो। माओवादीले सामाजिक विकास मन्त्रालय राख्ने भएको छ। अर्थमा एमालेका सुरेन्द्रबहादुर पाल र सामाजिक विकासमा माओवादीका ओमबिक्रम भाटलाई नियुक्त गर्ने तयारी छ।

उनीहरुको शपथ पनि आजै हुने भएको छ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बिहान बालुवाटारमा भएको सहमतिपछि त्यहाँ मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकताका लागि नैनसिंह महरद्वारा प्रस्तुत तीन विकल्प

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती विस्तार गर्ने सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu