ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा नेपालको एकताको महाधिवेशन आजदेखि जनकपुरमा


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   १२ : ४६   बजे

काठमाडौं २८ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा० नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।

जनकपुरधामको तिरहुतियागाछीमा महाधिवेशनको उद्घाटन हुने जसपा नेपालले जनाएको छ ।  उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट नेता(कार्यकर्ताका साथै शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुँदैछन् ।

२० हजारभन्दा बढी नेता(कार्यकर्ता सहभागी हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए । उनका अनुसार महाधिवेशनका १३ सयभन्दा बढी प्रतिनिधि छनोट गरिएको छ ।

आज दिउँसो उद्घाटन सत्र पश्चात् साँझादेखि बन्दसत्र सुरु हुने छ । जसमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ ।

नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ । २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ ।

हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ ।

केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ । अन्य पदमा भने प्रतिष्पर्धा हुने प्रवक्ता सुमनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group