ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको सिमलताल दुर्घटना : प्रशासनले सार्वजनिक गर्‍यो दुई बसका यात्रुको विवरण (नामसहित)


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   ७ : ४८   बजे

काठमाडौ, १ साउन ।  जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण सार्वजनिक गरेको छ । गएको शुक्रवार लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस र धेरैजसो यात्रु त्रिशूलीमा बेपत्ता छन् ।काठमाण्डौबाट गौरका लागि छुटेको एञ्जल बसमा चार जना महिला र २३ जना पुरुष गरी २७ जना र वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको गणपति डिलक्स बसमा पाँच महिलासहित ३८ जना यात्रु रहेको विवरण नामसहित सार्वजनिक भएको छ । गणपति डिलक्सका तीन जना यात्रुले पौडिएर ज्यान जोगाएका थिए ।चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आफन्तले दाबी गरेको, बसको यात्रु चलानमा उल्लेख भएको आधारमा विवरण तयार गरी सार्वजनिक गरिएको बताए । विवरण अनुसार १० जना भारतीय नागरिक रहेको खुलेको छ । तर अझै पनि केही विवरणमा अन्योल नै रहेको उनले बताए

खोजीका क्रममा १४ जनाको शव भेटिएको र तीमध्ये ७ जनाको परिचय खुलेर आफन्तले जिम्मा लिइसकेका छन् । बाँकी सात जनाको परिचय खुल्न सकेको छैन । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता नै छन् । बेपत्ता यात्रु र बसको खोजी आज पाँचौ दिन पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu