ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधनको कामलाई तत्काल अघि बढाउँछौँ : कानुनमन्त्री चौरसिया


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   ४ : २४   बजे

काठमाडौं १ साउन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताएका छन्।

मंगलबार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री चौरसियाले सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरूको दायित्व भएको बताए।

 

विगत ८र१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि कानुनमन्त्री चौरसियाले बताए।

संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने उनले बताए।

‘संविधानमा भएका कमीकमजोरीहरू, ८र१० वर्षमा संविधानमा देखिएका खाडलहरू पुर्ने काम हाम्रो जिम्मेवारी हो। त्यो समावेशी चरित्र अनुसार आवश्यक परे अहिले नयाँ सरकार बनेपछि सहमती पनि भएको छ–संविधानमा जहाँजहाँ समस्या भएको छ,’ उनले भने, ‘त्यो खाडलहरूलाई व्यवस्थित गरेर पुर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ हामी अगाडि बढ्छौँ। यहाँहरूको कुनै अप्ठ्यारो भए त्यो फुकाउने काम कानुनमन्त्रीको नाताले मैले गर्छु। हाम्रो सदा सहयोग रहन्छ न्यायपालिकालाई।’

मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अप्ठ्यारा हटाउनका लागि कानूनीमा देखिएको समस्या तत्काल हल गर्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group